जब चोरले एक तोला सुन निलेको ३६ घण्टासम्म दिसा नै गरेनन्…

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । पाँचथरको फिदिम नगरपालिका-२ की विष्णुमाया तामाङको घरमा गत बुधबार राति चोर पस्यो । दराज खोलेर नगद र सुन चोरिरहेको थाहा पाएपछि तामाङले हार गुहार गरिन् ।

तत्काल आएका छिमेकीले चोरलाई बाहिर निस्कन नदिई बाहिरबाट ढोकाको चुकुल लगाएर प्रहरीलाई खबर गरे ।

Advertisement

२० मिनेट नपुग्दै घटनास्थल पुगेको प्रहरीले चोर समात्यो । चोर फिदिम-१ का २८ वर्षीय सुरेन योङया रहेछन् ।

दराज हेर्दा त्यहाँभित्र राखेको नगद १५ हजार र एक तोला सुनको टिल राखेको ठाउँमा थिएन । शरीर खानतलासी गर्दा पैसा भेटियो तर सुन भेटिएन ।

सायद सुन अन्तै कता राख्नुभएको थियो कि ? घटनास्थल पुगेएका प्रहरी निरीक्षक दिवस कुँवरले तामाङलाई सोधे ।

‘अन्त कतै राखेको छैन,मेरो राख्ने ठाउँ यही हो सुन यसैले चोरेको छ,’ तामाङले जवाफ फर्काइन् ।

अब प्रहरीले नाक, कान, मुख र मलद्वारसहित सम्भावित सबै अंगमा खानतलासी गर्‍याे । तर सुन कहीँ भेटिएन ।

‘सायद निल्यो कि ? भन्ने शंका लागेपछि अस्पताल लगेर एक्स–रे गर्दा त पेटभित्र पो देखियो,’ प्रहरी निरीक्षक दिवस कुँवरले भने ।

‘सुन आमाशयमा टाँसिएर बसेको सुन देखेपछि हिरासतमा राखेर निगरानी गर्‍यौं । चोरले दुई दिन त दिसा नै गरेन । अन्ततः ३६ घण्टापछि दिसासँगै सुन पनि निकाल्यो । धोइपखाली गरेर सुन पसलमा जोख्दा ठ्याक्कै एक तोला रहेछ,’ –कुँवरले भने ।

कुँवरका अनुसार सुन निले पनि योङ्याको स्वास्थ्यमा केही समस्या देखिएन । सुन र नगद चोर्ने योङ्याविरुद्ध अनुसन्धान गर्दै प्रहरीले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।

मंगलबार साँझ एक लाख ५० हजार रुपैयाँ धरौटी माग्दा बुझाउन नसकेपछि वैशाख २६ गते उनलाई पुर्पक्षका लागि पाँचथर कारागार पठाइएको छ ।

गरिबीका कारण चोरी गर्न बाध्य भएको योङयाले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०