गोरखा । गोरखाको सिरानचोक गाउँपालिकामा धारिलो हतियार देखाएर बुहारीमाथि करणी गरेको आरोपमा ससुरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरानचोक-८ का ४१ वर्षीय एक पुरुष रहेको गोरखाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
घटना भएको आठ महिनापछि जाहेरी परेका कारण उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २०८० साल भदौ १० गते बिहान ९ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेलामा आफ्नै हाडनाता पर्ने ससुराले धारिलो हातहतियार घाँटीमा राखेर मार्ने धाकधम्की देखाई बुहारीमाथि करणी गरेका थिए ।
पीडित बुहारीले वैशाख १० गते सोमबार दिएको जाहेरी दरखास्तको आधारमा करणी आरोपी ससुरालाई प्रहरीले खोजतलास गरी पक्राउ गरिएको हो ।
पक्राउ परेलगत्तै करणी आरोपी ससुरालाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बुधवार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।