विराटनगर । डढेलोले घर सल्किएपछि गहना जोगाउन घरभित्र पसेकी एक वृद्धाको जलेर मृत्यु भएको छ ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-३ दारकाट्यामा आगलागीमा परेर स्थानीय ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो ।
आइतबार दिउँसो ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो उनको घरमा सल्किएको थियो ।
घरमा आगो सल्किएपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको वडाध्यक्ष तिलवीर केसीले जानकारी दिए ।
वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीनवटा घर जलेर नष्ट भएका छन् ।