विराटनगर । नेपाली सेनाले विभिन्न पदका लागि २५ सयभन्दा बढी कर्मचारी माग गरेको छ ।
देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै नेपाली सेनाले दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको हो ।
सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पद भर्ना आव्हान गरेको हो ।
नेपाली सेना भर्ना छनोट निर्देशनालयले जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ ।
दरखास्तका लागि कक्षा आठ उत्तीर्ण गरेका महिला तथा पुरुष हुनु पर्ने र १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्ने समेत सूचनामा उल्लेख गरेको छ ।
आवेदन सम्बन्धी जानकारी यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।