यी वडाध्यक्ष, जो ५० वर्षको उमेरमा धक नमानी एसइई दिँदै छन्

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ चैत, २०८०
२ वर्षअघि

विराटनगर ।  जनप्रतिनिधिको रूपमा दिनरात खटिने वडाध्यक्ष अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका छन् ।

बाँकेको खजुरा गाउँपालिका-५ का वडाध्यक्ष गरिबे शेष ५० वर्षको उमेरमा एसइईमा सहभागी भएका हुन् ।

शेष २०८० सालको परीक्षामा सहभागी भएका हुन् । ज्ञानोदय माध्यमिक विद्यालय खजुराको खुला शिक्षाअन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट शेष परीक्षामा सहभागी भएका हुन् ।

एसइईमा राम्रो तयारीका लागि उनले वडामा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

पहिले अभिभावकले धार्मिक शिक्षा पढाए पनि आफूलाई औपचारिक शिक्षा पढ्न मन लागेका कारण एसइई दिएको उनी बताउँछन् ।

राम्रो गरेर थप उच्च शिक्षाको अध्ययन गर्ने रहर उनको छ ।

स-साना नानी बाबू परीक्षामा सहभागी भएको देख्दा आफूले बाल्यकालमा किन पढ्न पाइनँ भन्ने लागे पनि पढाइ अघि बढाउने इच्छाशक्ति भए उमेर बाधक नहुने उनको भनाइ छ ।

प्रकाशित समय: शनिवार १७ चैत, २०८०, १३:२८:३०
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०