विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीया पबित्रा भेटवाल रहेकी छन् ।
बुधबार बेलुका ६ बजे रतुवामाई वृक्षारोपण आयोजनाको वनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाललाई हात्तीले कुल्चेर लछारपछार पारेको थियो ।
जसमा पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका दिलिप भेटवालको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ ।