विराट गोल्डकपको सम्पूर्ण तयारी पुरा : उद्घाटन खेलमा भुटान र नेपाल पुलिस क्लब भिड्ने

राकेश कर्ण
बुधबार १४ चैत, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगरको शहिद रङ्गशालामा बिहीबारबाट सुरु हुने पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

विराटनगरस्थित रङ्गशाला परिसरमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले आठौं संस्करणको विराट गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । आयोजकका अनुसार प्रतियोगितालाई दृष्टिगत गर्दै शहिद रङ्गशालाको मैदान मर्मत तथा सरसफाई, प्रायोजकहरुको व्यवस्थापन र सहभागी हुने टीमको छनौट लगायतका कार्यहरु सम्पन्न भईसकेका छन् । प्रतियोगितामा नेपाल, भारत र भुटान समेतका गरी कुल १० वटा टीमको सहभागिता रहने आयोजक संस्था विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले बताए ।

यसपटक गोल्डकपको विजेता र उप–विजेता टीमले क्रमशः रु. ११ लाख र ५ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार गोल्डकपको उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु. २१ हजार नगद पुरस्कार प्रदान गरिनेछ । गोल्डकपको म्यान अफ द म्याचलाई भने ११ हजार नगद तथा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार दिने व्यवस्था गरिएको छ । आठौं संस्करणको विराट गोल्डकपमा मोरङ, सुनसरी र झापाका साथै आसपासका अन्य जिल्ला र भारतको बिहारसम्मका दर्शकहरुको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ । बिहीबार हुने पहिलो खेलमा मात्रै करिब २५ सय बढी दर्शकहरुको सहभागिता रहने अनुमान गरिएको छ ।

हाल गोल्डकपकोे सबै तयारी सकिएर टिकट बिक्री वितरण लगायतका कार्यहरु धमाधम भईरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार गोल्डकपको सिजनल टिकट रु. २ हजार र वन डे टिकट रु. २०० का दरले बिक्री भईरहेको छ । सेमि–फाईनल र फाईनल खेलको टिकट भने ३०० र ५०० का दरले बिक्री गर्ने तयारी छ ।

प्रकाशित समय: बुधबार १४ चैत, २०८०, १६:५३:०५

सम्बन्धित खबर

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
३ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०