विराट गोल्डकपको सम्पूर्ण तयारी पुरा : उद्घाटन खेलमा भुटान र नेपाल पुलिस क्लब भिड्ने

राकेश कर्ण
बुधबार १४ चैत, २०८०
१ महिनाअघि

विराटनगर । विराटनगरको शहिद रङ्गशालामा बिहीबारबाट सुरु हुने पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

विराटनगरस्थित रङ्गशाला परिसरमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले आठौं संस्करणको विराट गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । आयोजकका अनुसार प्रतियोगितालाई दृष्टिगत गर्दै शहिद रङ्गशालाको मैदान मर्मत तथा सरसफाई, प्रायोजकहरुको व्यवस्थापन र सहभागी हुने टीमको छनौट लगायतका कार्यहरु सम्पन्न भईसकेका छन् । प्रतियोगितामा नेपाल, भारत र भुटान समेतका गरी कुल १० वटा टीमको सहभागिता रहने आयोजक संस्था विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले बताए ।

यसपटक गोल्डकपको विजेता र उप–विजेता टीमले क्रमशः रु. ११ लाख र ५ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार गोल्डकपको उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु. २१ हजार नगद पुरस्कार प्रदान गरिनेछ । गोल्डकपको म्यान अफ द म्याचलाई भने ११ हजार नगद तथा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार दिने व्यवस्था गरिएको छ । आठौं संस्करणको विराट गोल्डकपमा मोरङ, सुनसरी र झापाका साथै आसपासका अन्य जिल्ला र भारतको बिहारसम्मका दर्शकहरुको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ । बिहीबार हुने पहिलो खेलमा मात्रै करिब २५ सय बढी दर्शकहरुको सहभागिता रहने अनुमान गरिएको छ ।

हाल गोल्डकपकोे सबै तयारी सकिएर टिकट बिक्री वितरण लगायतका कार्यहरु धमाधम भईरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार गोल्डकपको सिजनल टिकट रु. २ हजार र वन डे टिकट रु. २०० का दरले बिक्री भईरहेको छ । सेमि–फाईनल र फाईनल खेलको टिकट भने ३०० र ५०० का दरले बिक्री गर्ने तयारी छ ।

प्रकाशित समय: बुधबार १४ चैत, २०८०, १६:५३:०५

सम्बन्धित खबर

राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ

शुक्रबार १४ ब‌ैशाख, २०८१
२३ घण्टाअघि

शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो

शुक्रबार १४ ब‌ैशाख, २०८१
२३ घण्टाअघि

एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट

शुक्रबार १४ ब‌ैशाख, २०८१
१ दिनअघि

५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा

शुक्रबार १४ ब‌ैशाख, २०८१
१ दिनअघि

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

शुक्रबार १४ ब‌ैशाख, २०८१
१ दिनअघि

उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो

बिहिबार १३ ब‌ैशाख, २०८१
२ दिनअघि
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा
बिहिबार १३ ब‌ैशाख, २०८१
डढेलो निभाउन गएको दमकल नै जल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०