चार सय रुपैयाँको निहुँमा श्रीमतीको हत्या, बिहे गरेको पाँच महिनामै अलग्गिए बिक दम्पती

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ चैत, २०८०
३ वर्षअघि

बाँके । बाँकेमा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका-४ मदा घर भई बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मा रहेका छन् ।

Advertisement

२१ वर्षीया श्रीमती सुशीला सुनारको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार होम पाइप कम्पनीमा काम गरी बस्ने अनिललाई सोमबार राति पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चार सय रुपैयाँको निहुँमा श्रीमान्-श्रीमतीका बीचमा भएको विवादले उग्र रूप लिँदा अनिलले सुशीलालाई सोमबार राति ढाडमा चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारपछि घाइते श्रीमतीको उपचारका लागि अनिल आफैंले राति नै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएका थिए ।

उपचारका क्रममा उनलाई राति १ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार अनिल र सुशीलाले पाँच महिना पहिलेमात्रै विवाह गरेका थिए ।

होलीको समयमा अनिलले श्रीमती सुशीलालाई बर्दियास्थित घर जान भनेका थिए । श्रीमती नमानेपछि उनी एक्लै घर गएका थिए ।

सुशीलाले मेरो पैसा लगेर किन घरमा आफन्त भेट्न गएको भन्दै अनिललाई केरकार गर्न थालेपछि उनले आवेगमा आएर चक्कुले ढाडमा हानेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते सुशीलाको समयमै अस्पताल नपुर्‍याउँदा अत्यधिक रक्तस्राव कारण मृत्यु भएको जानकारी अस्पतालले प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०