धनकुटा औद्योगिक ग्राम पूर्ण रूपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ चैत, २०८०
२ वर्षअघि

धनकुटा । कोशी प्रदेश सरकारले धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आउँदो ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्ण रूपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् ।

औद्योगिक ग्राम क्षेत्रको मंगलबनर अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाहीको चेतावनीसमेत दिएका हुन् ।

औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौवटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिएका छन् । जसमा सेनेटरी प्याड र खाध्यन्न सामाग्रीहरू उत्पादन भए पनि परिमाण कम रहेको छ ।

मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्ण रूपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुनसक्छन् ।’

ग्राम स्थापनाको पाँच वर्ष बितिसक्दासमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकिरहेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।

प्रकाशित समय: मङ्गलबार १३ चैत, २०८०, ११:१०:४७

सम्बन्धित खबर

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०