विराटनगर । मोरङको रंगेली नगरपालिका-३ बाबुसाहेब टोलमा आगलागीबाट घरविहीन भएपछि २८ परिवारको खुला आकाशमुनि बास भएको छ ।
शनिबार (हिजो) दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागीबाट सो टोलको सन्थाल वस्तीका २८ घर जलेका थिए ।
सो आगलागीमा परी घरबारविहीन भएका २८ परिवारको खुला आकाशमुनि बास भएको छ ।
तीन तहको सरकार र दर्जनौँ सामाजिक संघ-संस्था भएपनि हालसम्म राहतको प्रबन्ध नभएको पीडितको गुनासो छ ।
यद्यपि, आन्तरिक मामिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार साँझ र नेपाल रेडक्रस सोसाइटी मोरङले आइतबार बिहान केही आपत्कालीन राहत वितरण गरेका छन् ।
शनिबार दिउँसो विद्युत प्राधिकरणको प्रसारण लाइन एकापसमा ठोक्किँदा बिद्युत् सर्टभई तारमुनिको घरमा आगो सल्किएको थियो ।
जंगली मुर्मुको परालले छाएको गोठबाट सल्किएको आगो पश्चिम तर्फ आएको तीव्र गतिको हावा हुरीले निमेष भरमा बस्तीमा फैलिएको थियो ।