सुन्दरहरैंचाकी एन्जिला, जसले पाइन् नासामा अनुसन्धान गर्ने अवसर

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । संयुक्त राज्य अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले अमेरिकाको उच्चतम अनुसन्धान केन्द्रमा अनुसन्धान र विश्लेषणका लागि अवसर पाएकी छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाकी एन्जिला बस्तीले नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)मा काम गर्न अनुसन्धान वृत्ति पाएकी हुन् ।

वासिङ्टन स्टेट युनिभर्सिटीमा स्नातक तेस्रो तहमा अध्ययनरत एलिनाले अमेरिकाको मात्र नभई विश्वकै अन्तरिक्ष अनुसन्धान केन्द्रका रूपमा रहेको नासामा अनुसन्धान गर्ने अवसर पाएकी हुन् ।

अध्ययनकै क्रममा नासाका वैज्ञानिकहरूसँग सौर्य ऊर्जा प्रणालीको चुम्बकीय तथा प्लाज्मा अध्ययनका लागि अन्तरिक्ष अभियानको क्रममा प्राप्त तथ्यांकको विश्लेषण कार्यमा उनले सहकार्य गर्ने छिन् ।

युनिभर्सिटी स्पेस रिसर्च एसोसिएसनका तर्फबाट गरिएको मनोनयनमा उनका नासाका प्रायोजक र अनुसन्धानका निरीक्षक डा. जिना डिब्रासियो र डा. नोर्बेत्रो रोमानेल्ली रहेका छन् ।

उनलाई सन् २०२४ मे ६ देखि २०२४ जुलाई १९ सम्मका लागि अनुसन्धानमा लगाउन लागिएको हो ।

उनको काम पूर्णकालीन अनुसन्धाता नभई स्नातक अध्ययनरत विद्यार्थीका रूपमा नै हुने छ ।

त्यसका लागि नासाले नै उनलाई छात्रवृत्ति प्रदान गरेको युनिभर्सिटी स्पेस रिसर्च एसोसिएसनका तर्फबाट निर्देशक लिन्डा पार्करले उनलाई दिएको पत्रमा उल्लेख छ ।

धनकुटाको फलाँटेका बस्ती परिवारमा जन्मेकी एन्जिलाले काठमाडौंस्थित बुढानीलकण्ठ स्कुलबाट एसइई उत्तीर्ण गरेकी हुन् ।

उनका पिता तुलसीप्रसाद बस्ती मितेरी बैंकमा कार्यकारी प्रमुख र माता कोपिला निरौला पूर्वशिक्षिका हुन् ।

एन्जिलाले सुनसरीको धरानस्थित दिल्ली पब्लिक स्कुलबाट कक्षा १२ पूरा गरी उच्च अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

उनको खगोल विज्ञानप्रतिको विद्यालय शिक्षाको बेलादेखि नै हो ।

एन्जिलाले सन् २०२२–२०२३ मा डिनलिस्ट छात्रवृत्ति, सन् १९१९ मा रोबोटिक्स प्रतिस्पर्धामा काम गरेकी थिइन् ।

युनिभर्सिटी अफ कोलोराडोमा एरोस्पेस इन्जिनियरिङ अध्ययन गर्दै गर्दा उनको रुचि खगोल विज्ञानतर्फ मोडिएको थियो ।

त्यसयता आफूले विश्वविद्यालय नै परिवर्तन गरी वासिङ्टन स्टेट युनिभर्सिटीमा खगोल विज्ञानको सिद्धान्त र गणित अध्ययन थालेको उनले बताइन् ।

उनी अहिले विश्वविद्यालयमा नै प्राध्यापकको सहायकका रूपमा कार्यरत छिन् ।

अध्ययनका क्रममा नै एउटा विश्व वैज्ञानिक सम्मेलनमा नोबेल पुरस्कार प्राप्त भौतिक शास्त्रीहरूसहित नासाका वैज्ञानिकसँग भेट भएर आफ्नो रुचि क्षेत्र बताएपछि अहिलेको अवसरको बाटो खुलेको बताइन् ।

नासामा आफूलाई ब्ल्याक होलबारे अध्ययन गर्ने चासो रहे पनि त्यो चौथो वर्षमा मात्र सम्भव हुने भएको जानकारी दिइन् ।

अमेरिकाका विश्वविद्यालयमा अन्य विद्यार्थीभन्दा उच्च अंक ल्याए पनि नासाको नियमअनुसार आफूले अध्ययन अनुसन्धानको अवसर नपाउने कुरा नासाका वैज्ञानिकद्वय डा. जिना डिब्रासियो र डा. नोर्बेत्रो रोमानेल्लीलाई बताएका थिए ।

त्यसपछि उनीहरूले आफ्नातर्फबाट केही पहल गर्ने आश्वासन दिएको स्मरण गर्दै अहिले त्यहीअनुसार काम पाएको एन्जिलाको भनाइ छ ।

नासाका वैज्ञानिकलाई आफूले भनेपछि विभिन्न चरणका जुम बैठकमा परीक्षण गरेर मात्र आफूलाई चयन गरिएको जानकारी पनि एन्जिलाले दिइन् ।

उनले मंगल र वृहस्पति ग्रहका तथ्यांकको विश्लेषणमा वैज्ञानिकहरूसँगको समूहमा काम गर्ने बताइन् ।

प्रकाशित समय: सोमबार २८ फाल्गुण, २०८०, १६:३०:११

सम्बन्धित खबर

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
३ घण्टाअघि

देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु

सोमबार ११ साउन, २०८३
४ घण्टाअघि

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
८ घण्टाअघि

पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने

आईतबार १० साउन, २०८३
२३ घण्टाअघि

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान

आईतबार १० साउन, २०८३
१ दिनअघि

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
१ दिनअघि
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०