कान्तिपुरले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगपालिका-१० स्थित कान्तिपुर सेकेन्डरी स्कुलले आफ्नो वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ ।

सोमबार विराटनगरको कंचनजंघा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कान्तिपुरले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।

वार्षिकोत्सवको अवसर पारेर स्कुलका विद्यार्थीहरूले साँस्कृतिक नृत्य प्रस्तुत गरेर उपस्थित अतिथि तथा अभिभावकहरूलाई मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्याब्सन, मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले पछिल्लो समय बालबालिका मोबाइल र स्क्रिनमा पल्किँदा उनीहरू मनोरोगको सिकार हुन थालेकोले अभिभावक सचेत हुनुपर्ने औंल्याए ।

हिसान मोरङ अध्यक्ष अमित ढकाल विद्यालय, विद्यार्थी र अभिभावकले त्रिकोणात्मक र समन्वयात्मक भूमिका निर्वाह गरेमा शिक्षा क्षेत्रले फट्को मार्ने बताए ।

विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शैक्षिक गुणस्तर उकास्न सबै निकायबीच एकता जरुरी रहेको सुनाए । स्थानीय तहको नियमन-अनुगमन, विद्यालयको व्यवहारिक र प्रयोगात्मक पठनशैली, विद्यार्थीको लगनशीलता र सचेत अभिभावकले शैक्षिक गुणस्तर वृद्धि गर्न सक्ने उनको भनाइ छ ।

कान्तिपुरका प्रिन्सिपल भुवन नेपालले २०७२ सालमा नयाँ व्यवस्थापन टिम आएपछि स्कुलले शैक्षिक गुणस्तरमा व्यापक सुधार गरेको बताए ।

पछिल्लो समय शैक्षिक हबका रूपमा चिनिएको विराटनगरका मात्र नभएर कोशी प्रदेशभरिका विद्यार्थीहरूका लागि कान्तिपुर अध्ययनको थलो बनेको बताउँदै उनले हाल यस विद्यालयअन्तर्गत दुई हजार ५१६ जना अध्ययनरत रहेको बताए ।

त्यस्तै, कान्तिपुरले उत्कृष्ट नतिजा हासिल गरिरहेको बताउँदै प्रिन्सिपल नेपालले अतिरिक्त क्रियाकलापमा पनि कान्तिपुर अब्बल रहेको दाबी गरे ।

जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले अभिभावकले आफ्ना सन्ततिलाई समय दिन आवश्यक रहेको बताए । बालबालिकाको पहिलो शिक्षालय घरपरिवार नै रहेको उल्लेख गर्दै गौतमले आफ्ना छोराछोरीको भविष्य बनाउन स्कुलको मात्र भर पर्दा पुग्ने मानसिकताबाट माथि उठ्न अभिभावकलाई सुझाए ।

कार्यक्रमको सञ्चालन स्कुलका निर्देशक शंकर काफ्लेले गरेका थिए ।

प्रकाशित समय: सोमबार २८ फाल्गुण, २०८०, १२:१४:३४

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०