विराटनगर । कोही नभएको मौका पारेर आफ्नै कामदारलाई बलात्कार गरेको आरोपमा होटल सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-११ को बाहैकिलोमा होटेल सञ्चालन गर्दै आएका ४१ वर्षीय ईश्वर बस्नेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीका अनुसार फागुन १५ गते बिहान साढे ११ बजेतिर बस्नेतमाथि आफ्नै होटेलमा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप छ ।
होटेलमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको भन्दै युवतीले जाहेरी दिएपछि बस्नेतलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेलगत्तै बस्नेतविरुद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।