शालीन मृत्यु प्रकरण : विद्यालयका प्रअसहित तीन जना समातिए

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । होस्टेलमा मृतावस्थामा फेला परेकी गोरखाकी १४ वर्षीया शालीन पोखरेल मृत्यु प्रकरणमा तीन जना पक्राउ परेका छन् ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका-५ मुच्चोकका दीपेन्द्र पोखरेलकी छोरी शालीनको शव चितवनको रत्ननगरमा भेटिएको थियो ।

रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा-८ मा अध्ययनरत शालीन फागुन १२ गते झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

सोही स्कुलले सञ्चालन गरेको होस्टेलमा शालीनको शव भेटिएपछि उनका बुबा-आमाले हत्या भएको आशंकामा जाहेरी दिएका थिए ।

सोही आधारमा विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरिवेक्षक कमल शर्मा पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

डिएसपी भण्डारीका अनुसार पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमतिसमेत दिएको छ ।

यता, शवको पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगन्ज टिचिङ अस्पतालमा ल्याइएको छ ।

पोष्टमर्टम पनि भइसकेको पनि रिपोर्ट आइनसकेकाले प्रहरीको टोली काठमाडौंमै रहेको छ ।

मृतकका बुबा-आमाले भने शालीनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् ।

प्रकाशित समय: शुक्रबार १८ फाल्गुण, २०८०, १९:५३:५४
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०