इटहरीमा दुई भयानक दुर्घटना, दुई जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकामा आइतबार भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

इटहरीका दुई भिन्नाभिन्नै ठाउँमा भएका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

हिजो बिहान ६ बजेतिर इटहरी-१ मिलनचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०२-०५० प ०५६७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई नालीमा पसेको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक गढी गाउँपालिका-६ का ४२ वर्षीय टिपनारायण माझीको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी हिजो दिउँसो १ः२० बजेतिर इटहरी-५ पूर्व-पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं. १-०२-०४६ प २८६२ नम्बरको स्कुटर सोही दिशाबाट आउँदै गरेको ना ६ ख ६५७५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

सो दुर्घटनामा स्कुटर चालक इटहरी-५ का अन्दाजी ३१ वर्षीय रविन राई गम्भीर घाइते बनेका थिए ।

घाइते उनलाई उपचारको लागि तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

उपचारका क्रममा उनको दिउँसो १ः५५ बजेतिर मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, इटहरीले ट्रक र ट्रकका चालक झापा अर्जुनधारा नगरपालिका-९ का ४६ वर्षीय ठाकुरलाल तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०