विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगले २२१ जना वनरक्षक (फरेस्ट्री) माग गरेको छ ।
सोमबार सूचना प्रकाशन गर्दै प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिकतर्फका प्रदेश वन सेवा, जनरल फरेस्ट्री समूह र वन रक्षक पदका लागि विज्ञापन खुलाएको हो ।
आयोगले खुलातर्फ १२८ जना वनरक्षक माग गरेको छ भने आदिवासी जनजातिमा ३४, महिला ३३, दलित ६, थारू ६, मधेसी ५, मुस्लिम ५ र अपांग ४ गरी २२१ जना माग गरेको हो ।
आगामी चैत ४ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर चैत ११ गतेसम्म फारम भर्न सकिने छ ।