डेढ सय किलोमिटर पदयात्रा गरी सुनसरी आइपुग्यो मुख्यमन्त्री र मन्त्रीको टोली

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ फाल्गुण, २०८०
३ वर्षअघि

इटहरी । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीसहितको टोली सुनसरीको तालतलैया क्षेत्र आइपुगेको छ ।

मुख्यमन्त्री कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा सुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तीमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा तय गरेका हुन् ।

पदयात्रा टोली शनिबार राति १० बजे सुनसरीको फोक्लिङ टापु हुँदै तालतलैया सिमसार क्षेत्र प्रवेश गरेको हो ।

सुनसरी प्रवेशका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए ।

त्यस क्रममा स्थानीय बासिन्दाले पछिल्लो पटक तालतलैयासहित इटहरी क्षेत्रमा जंगली हात्तीबाट भएको क्षतिबारे जानकारी गराए ।

कार्कीले आफू जनताको समस्या बुझ्न र समाधानका उपाय पहिल्याउनकै लागि पदयात्रामा निस्किएको बताउँदै भने,’म आफैं जनताको समस्या बुझ्न घरदैलोमै आएको छु । हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो ।’

मुख्यमन्त्री कार्कीले आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रको लागि विशेष कार्यक्रम ल्याइने सुनाए ।

हात्ती प्रभावित क्षेत्रका नागरिकको समस्या बुझ्ने र समाधानको उपाय खोज्ने भन्दै झापाको मेचीनगरस्थित बाहुनडाँगीबाट सुरु भएको पैदलयात्राको आज पाँचौं दिन हो ।

पदयात्रा २४३ किलोमिटरको दुरी पार गर्दै उदयपुरको कटारीस्थित बेलसोत बजारमा फागुन १६ गते समापन गर्ने कार्यक्रम छ ।

प्रकाशित समय: आईतबार १३ फाल्गुण, २०८०, ०७:०७:३४
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०