हल गोरुसँग फोटो खिचेर वडा कार्यालयमा देखाउँदा पाँच हजार अनुदान !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० फाल्गुण, २०८०
२ महिनाअघि

विराटनगर । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएको छ ।

हाते ट्र्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको हाम्रो परम्परा पनि हराउँदै गएको छ ।

यसैले स्याङ्जाको वालिङ नगरपालिका-५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई पाँच हजार रुपैयाँ अनुदान दिने भएको छ ।

हल गोरुको संरक्षणका लागि वडाले अभियानका रूपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको हो ।

‘हल गोरु पालन प्रोत्साहन एवं प्रवर्द्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई रु पाँच हजार अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए ।

उनले भने, ‘नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि वडाले बजेट विनियोजन गरेको छ । हाम्रो परम्पराको संरक्षणका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।’

वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वडास्तरीय स्वीकृत योजनाबाट वडाभित्रका हल गोरु पालेका किसानलाई अनुदान दिइने उनको भनाइ छ ।

वडाभित्र अनुमानित ५०–७० हल गोरु हुनसक्ने अनुमान वडाको छ ।

किसानले गोठमा हलगोरुसँग स्पष्ट देखिने गरी खिचेको तस्बिर, एकीकृत सम्पत्ति कर तिरेको रसिद, कृषि प्रयोजनका लागि एक महिनाअघि हलगोरुको व्यवस्था गरेको स्वघोषणा गरेको हुनुपर्ने वडासचिव डोलजङ गुरुङले बताए ।

वडा कार्यालयले किसानको गोठमा हल गोरुपालन गरे-नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिइने सचिव गुरुङले बताए ।

प्रकाशित समय: बिहिबार १० फाल्गुण, २०८०, १२:५४:४६
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०