जीवन विकासले जित्यो १० वटा विधामा पुरस्कार

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । ‘चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’मा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

फागुन ५ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनमा जीवन विकासले संस्थागत उद्यमशीलता विकास उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

सम्मेलनमा जीवन विकास लघुवित्त संस्था, लघुवित्तका कर्मचारी र सदस्यले मात्रै विभिन्न १० विधामा उत्कृष्ट हुँदै पुरस्कार पाएका छन् ।

संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घाेषित भएकाे जीवन विकास लघुवित्त अति विपन्नको उत्थान गर्ने उत्कृष्ट संस्था पनि बन्याे ।

जीवन विकासले थ्रि जिरो (शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन) क्लब प्रवर्द्धन तर्फ पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।

जीवन विकास लघुवित्तकी सदस्य जहदा गाउँपालिका-४ मोरङकी किरणदेवी कोइरी उत्कृष्ट र उदाहरणीय कृषि कार्य गरे वापत पुरस्कृत भइन् ।

यो पुरस्कार कोइरीसहित अन्य नौं संस्थाका एक–एक जना सफल सदस्यले पनि पाएका छन् ।

उत्कृष्ट उद्यमी पुरस्कार जीवन विकासकी सदस्य नसिमा खातुनले प्राप्त गरिन् । विराटनगरकी खातुनले श्रीमान् र छाेरालाई उद्यमी बनाएकी छन् ।

अति विपन्नको उत्थान गर्ने उत्कृष्ट सहयोगी कर्मचारी पुरस्कार जीवन विकास लघुवित्त नदीताल सर्लाही शाखामा कार्यरत वरिष्ठ सहायक सन्तोषकुमार मण्डलले प्राप्त गरे ।

सो पुरस्कार चमेली बचत तथा ऋण सहकारी संस्थाका फिल्ड प्रबन्धक अर्जुन पासवानले पनि पाएका थिए ।

उद्यमशीलता विकासमा उत्कृष्ट र उदाहरणीय कार्य गरेवापत जीवन विकास लघुवित्त अमाहीवेल्हामा कार्यरत वरिष्ठ सहायक अन्तोषकुमार साहले पनि पुरस्कार प्राप्त गरेका छन् ।

यो विधामा उनीसहित पाँच जनाले पुरस्कार पाएका थिए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाकी सदस्य गुलसन खातुनले उत्कृष्ट केन्द्र प्रमुखको पुरस्कार प्राप्त गरिन् ।

यो विधामा अन्य १० वटा संस्थाबाट एक–एक जनाले उत्कृष्ट केन्द्र प्रमुख पुरस्कार प्राप्त गरेका थिए ।

जीवन विकास लघुवित्तले थ्रि जिरो ( शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन ) क्लब प्रवर्द्धन तर्फ उत्कृष्ट र उदाहरणीय कार्य गरेबापतको पुरस्कार प्राप्त गरेको छ ।

यो पुरस्कार जीवन विकाससँगै चमेली बचत तथा ऋण सहकारी र किसान बहुद्देश्यीय सहकारी संस्थाले पनि प्राप्त गरेकाे छ ।

थ्रि जिरो क्लब प्रवर्द्धनका लागि उत्कृष्ट कार्य गरेबापत जीवन विकास लघुवित्तका सामाजिक परिचालक पवनकुमार मलाहले पनि उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गरेका छन् ।

थ्री जिरो उत्कृष्ट क्लबको रुपमा जीवन विकास लघुवित्तले झापाको बुद्धशान्ति गाउँपालिका-६ मा गठन गरेको थ्री जिरो क्लब फर वातावरण पुरस्कृत भएको थियो ।

जीवन विकाससँगै चमेली बचत तथा ऋण र किसान बहुद्देश्यीय संस्थाले गठन गरेको एक–एक वटा क्लब पनि पुरस्कृत भएका थिए ।

दुई दिनसम्म चलेको सम्मेलनमा ८०० महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो । सम्मेलन हरेक दुईरदुई वर्षमा हुँदै आएको छ ।

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उद्घाटन गरेकाे सम्मेलनले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने संकल्पसहित १२ बुँदे घोषणा पत्र जारी गरेको थियो ।

प्रकाशित समय: सोमबार ७ फाल्गुण, २०८०, १९:३४:४६

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०