विराटनगर । नेपाल प्रहरीले नाबालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेका छन् ।
गोरखाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार (हिजो) पक्राउ गरिएको हो ।
गत बुधबार बेलुका ८ बजेतिर नाबालिकालाई घरमा कोही नभएको मौका छोपी डर धम्की र त्रासमा पारी बलात्कार गरेको पीडितका बाबुले बताएका छन् ।
पीडितका बुबाको जाहेरीपछि बलात्कार आरोपी विकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेलगत्तै आइतबार जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।