‘मान्छेले पल्काएपछि बाँदर मानवबस्ती छिरे’

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ फाल्गुण, २०८०
३ वर्षअघि
प्राणीशास्त्रका उपप्राध्यापक तथा वातावरणका जानकार रामचन्द्र अधिकारी ।

विराटनगर। केही सयमयता वन्यजन्तु र मानवबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ ।

त्यसमा पनि हात्ती र बाँदरका कारण मान्छे आफ्नो बसोबास छोड्न बाध्य भएका छन् भने वन्यजन्तु वा मान्छेको मृत्यु नै भएका कैयौं घटना पनि छन् ।

चारकोसे झाडीबीचमा पर्ने पूर्व–पश्चिम राजमार्गतिर बाँदरको संख्या बाक्लै देख्न सकिन्छ ।

जहाँ मान्छेले आहार दिएर बाँदरलाई पल्काएका कारण उनीहरू जंगली कन्दमुलमै निर्भर हुनुपर्ने बाध्यता टरेको छ ।

त्यसबाहेक मठ–मन्दिर प्रसाद दिइने, जंकफुडसम्म खान पाउने हुँदा बाँदर मानिसँग पल्किएको बुझ्न सकिन्छ ।

यसरी बाँदर मानवबस्तीमा छिरेर मान्छेलाई त्राहिमाम बनाउने कुरामा स्वयम् मानिसहरू नै दोषी रहेको विज्ञ बताउँछन् ।

प्राणीशास्त्रका उपप्राध्यापक तथा वातावरणका जानकार रामचन्द्र अधिकारी मान्छेले पल्काएर बाँदर मानवबस्तीमा छिर्नेगरेको बताउँदै उनीहरूको अस्तित्व जोगाइराख्न पनि मानवले भूमिका खेलेको बताउँछन् ।

विविध कारणले गर्दा बाँदरको संख्या पहिलेको तुलनामा बढेको र गाउँ पसेर दुःख दिनेक्रम पनि बढेको उनको ठम्याइ छ ।

बसाईं सरेर तराई झर्ने प्रवृत्तिका कारण पहाडी क्षेत्रमा मानिसको चहलपहल घटेपछि बाँदरको प्रभुत्व बढेको अधिकारी बताउँछन् ।

विशेषगरी पहाडी क्षेत्रमा बसाइसराइदर बढ्नुको कारणमध्ये बाँदरले दुःख दिनु पनि एक रहेको उनी सुनाउँछन् ।

‘अरू जनावरलाई संरक्षण गर्दैगर्दा बाँदर आफैं संरक्षित बनेर आए,’ अधिकारी भन्छन्, ‘अर्को कारण भनेको मान्छेहरूले बाँदरलाई प्रशस्तै खानेकुरा उपलब्ध गराइदिए, जसले गर्दा उनीहरूले जंगलमा भोकै मर्नुपर्ने बाध्उता ट¥यो । पहाडी क्षेत्रमा मानवबस्ती भने घट्दो छ, वनक्षेत्र बढ्दो छ । खाली भएका घर–गोदाम बाँदरको राम्रो बासस्थान बनेको छ । जसले गर्दा बाँदरको संख्या निरन्तर उकालो लाग्दो छ ।’

बाँदर नियन्त्रण गने मांसाहारी जीव नभएका हुनाले पनि बाँदरको संख्या बढिरहेको हुनसक्ने उनको आँकलन छ ।

‘बाँदर अत्यन्तै अनुकुलित जनावर हो, उसले समयानुकुल आफ्नो आहारमा पविर्तन गर्दै लगेको छ,’ उनले थपे, ‘यसैले जंगली स्रोत नपाएको खण्डमा उसले घरभित्र पसेर अन्नअनाज तथा फलफूल चोरी खान्छ । सहरी क्षेत्रमा बाँदरले मागेर आफ्नो पेट पाल्ने गरेको छ ।’

बाँदरको बानी–व्यहोरा र स्वभावमा पनि समयकालसँगै परिवर्तन हुँदै आएको अधिकारी बताउँछन् ।

‘पहिले बाँदर जंगलका कन्दमूलमै निर्भर रहन्थ्यो । मान्छेसँग टाढै रहन्थ्यो । तर, विस्तारै मान्छेका बालीमा पल्क्यो । मान्छे स्वयम्ले खानेकुरा दिनथालेपछि ऊ मानिससँग डराउन छोड्यो बरु उल्टै आक्रमक रूपमा प्रस्तुत हुँदै लुटेर खान थाल्यो ।’

मान्छेसँग बाँदर पल्किएजस्तै बाघ पनि मानवतिर आकिर्षत भएमा भयावहको अवस्था सिर्जना हुने उनी बताउँछन् ।

प्रकाशित समय: शनिवार ५ फाल्गुण, २०८०, २०:००:१९

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०