करिब दुई करोड नक्कली नोटमा कसरी लाग्यो एनआइसी एसिया बैंकको ट्याग ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । सुनसरी प्रहरीले सोमबार बरामद गरेको करिब दुई करोड नक्कली नोटमा एनआइसी एसिया बैंकको लोगोसहितको ट्याग भेटिएको छ ।

इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको एक हजार दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद गरेको थियो ।

बरामद गरेको नक्कली नोटको बन्डलमा एनआइसी बैंकको लोगोसहितको कागजले र्‍याप गरेको देखिएको छ ।

एनआइसी एसिया बैंकको लोगोसहितको कागज हुँदा उक्त रकम एनआइसी एसिया बैंकबाट बाहिर गएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।

तर, प्रयोग भएको कागज सक्कली नभई नक्कली रहेको एनआइसी एसिया बैंक इनरुवा शाखाले जनाएको छ ।

बैंकका इनरुवा शाखा प्रमुख दीपक पोखरेल नक्कली पैसा बैंकमा आउनेबित्तिकै पत्ता लाग्ने भएकाले उक्त नगदमा प्रयोग भएको कागज नक्कली रहेको बताउँछन् ।

नक्कली पैसा बनाउने समूहले बैंकको लोगो प्रयोग गरी नक्कली कागत बनाएर प्रयोग गरेको उनको दाबी छ ।

‘प्रहरीले बरामद गरेको नक्कली नोटमा एनआइसी एसिया बैंकको लोगो सहितको कागज बेरिएको सुनेका छौ,’ उनले भने, ‘नक्कली नोट बैंकमा आएपछि डिटेक्सन मेसिनबाट पत्ता लागिहाल्छ । यसमा प्रयोग भएको कागज नक्कली हो ।”

यति ठुलो परिमाणमा बैंकबाट नक्कली नोटहरू बाहिर जानसक्ने कुनै आधार नै नभएकाले यो बैंकलाई बदनाम गराउने फन्डामात्र भएको उनको बुझाइ छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार नियन्त्रणमा लिइएको भारतीय गाडीको सुनसरी भन्सार कार्यालयबाट एकदिनको भन्सार अनुमति फेला परेकोले थप शंकास्पद देखिएको छ ।

सुनसरीको सीमासँग जोडिएको बीरपुरकै नागरिक पक्राउ पर्नु र बरामद गरिएको भारतीय नम्बर प्लेटको गाडीको सुनसरी भन्सार कार्यालयबाट एक दिनको अनुमति लिएको फेला पर्नुले सुनसरीकै नाकाबाट नोट ल्याएको अनुमान पनि छ ।

सुनसरीको भण्टाबारी नाकाबाट मात्रै सवारी साधन आवतजावत हुँदै आएको अवस्था छ ।

भारतमा छपाई गरी विभिन्न सीमा नाका हुँदै सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा स्टक गरेर एकैपटक ठुलो परिमाणमा नोट लगिएको हुनसक्ने अनुसन्धानमा संलग्न सुरक्षाकर्मीले बताएका छन् ।

सुनसरी प्रहरीका एसपी विपिन रेग्मी अनुसन्धानबाट सबै कुरा खुल्ने बताउँछन् ।

‘अहिले विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्छ’ उनले भने, ‘मुख्य गिरोहलाई पक्राउ गर्ने हिसाबले अनुसन्धान भइरहेको छ।’

यसअघि इटहरी प्रहरीले ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद गरेको थियो ।

तर, आइतबार बरामद गरेको रकम अहिलेसम्मै ठुलो भएको प्रहरीले जनाएको छ ।

ठुलो परिमाणमा नक्कली नोट बरामद हुनुले बजारमा समेत त्यस्ता नोट पुगिसकेको हुनसक्ने आशंका गरिएको छ ।

बजारमा कारोबार गर्दा नक्कली नोट पर्न सक्ने भएकाले सजग हुन प्रहरीले आग्रह गरेको छ ।

पछिल्लो समय बारम्बार नक्कली नोट बरामद भइरहेको छ ।

भारतका आधुनिक प्रेसमा छापेरसमेत नेपालमा नक्कली नोटको कारोबार हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्दै आएको छ ।

प्रकाशित समय: मङ्गलबार १ फाल्गुण, २०८०, १७:०६:३३

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
४ हप्ताअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
१ महिनाअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
२ महिनाअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
२ महिनाअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०