सुनसरीबाट चार सय किलो गाँजा बरामद, दुई राउन्ड हवाई फायर चलाएपछि समातिए दुई युवा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट चार सय किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।

मंगलबार (आज) बिहानका राति १ बजेतिर प्रहरीले राजाबासस्थित घाटनजिक कोशी किनारबाट ४०६ किलो ९४० ग्राम गाँजा बरामद गरेको हो ।

Advertisement

सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीका अनुसार उक्त स्थानमा गाडीमा गाँजा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो गाडीमा तलासी लिँदा त्यहाँ लुकाई राखेको अवस्थामा गाँजासहितको गाडी बरामद गरेको एसपी रेग्मीले जानकारी दिए ।

गाडीभित्र १३ वटा बोरामा गाँजा फेला परेको उनको भनाइ छ ।

गाँजाको कारोबारमा संलग्न रहेका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोलेरो चालक धरान उपमहानगरपालिका–४ का २५ वर्षीय सूर्य राई र भोजपुरको हतुवागढी गाउँपालिका–८ का २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायरसमेत गर्नुपरेको एसपी रेग्मीले जनाए ।

आइतबारसमेत सुनसरी प्रहरीले धरानबाट १६३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो ।

त्यसैगरी सोमबार पनि १४९ किलो गाँजासहित १२ जना भारतीय नागरिक परेका थिए ।

सुनसरी प्रहरीले आइतबार नै इनरुवाबाट एक हजार रुपैयाँ दरका १ करोड ८२ लाख नक्कली नेपाली नोट बरामद गरेको थियो ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो ।

शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोट बरामद भएको हो ।

नक्कली नोटसहित गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहम्मद सैयद पक्राउ पर्दा उनीसँगै रहेका अर्का व्यक्ति भने फरार भएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०