पाथीभरामा दर्जनौं देशका मुद्रा : भारतीय सिक्का गनिँदै, पाँच लाख नाघ्यो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ माघ, २०८०
२ वर्षअघि

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीले विभिन्न देशमा मुद्रा भेटीका रूपमा चढाउने गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिले अहिले पाथीभरामा भेटीका रूपमा चढाइएको भारतीय सिक्का गन्न थालेको छ ।

नेपालबाहेक अरू देशका सिक्का रकम पहिलो पटक गणना गर्न थालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

उनका अनुसार हालसम्म नोट मुद्रा र नेपाली सिक्का मात्र गणना गरी व्यवस्थापन गरिँदै आएको थियो ।

माघ महिनाको दोस्रो सातायता भारतीय सिक्का गणना गर्न सुरु गरिएको र हालसम्म पाँच लाख रुपैयाँ बढी गणना गरी सकिएको छ ।

अहिले समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत भारतीय सिक्का धमाधम गणना भइरहेको उनले जानकारी दिए ।

समितिका अनुसार पाथीभरामा संकलन भएको भारतीय सिक्का अझै ठुलो परिमाणमा गणना गर्न बाँकी छ ।

भारतीय सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने छ ।

यता पाथीभरामा संकलन भएको भेटी रकमअन्तर्गत पुस मसान्तसम्म गणना भएको नेपाली सिक्का र नोट गरी समितिको खातामा आठ करोड ७० लाख ५२ हजार ५४८ रुपैयाँ मौज्दात छ ।

समितिका अनुसार कुल मौज्दात रकममध्ये पुस महिनामा मात्र ३५ लाख २९ हजार रुपैयाँ भेटी रकम संकलन भएको थियो ।

प्रकाशित समय: शुक्रबार २६ माघ, २०८०, ०७:१६:०३

सम्बन्धित खबर

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
३२ minutes

पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने

आईतबार १० साउन, २०८३
१६ घण्टाअघि

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान

आईतबार १० साउन, २०८३
१७ घण्टाअघि

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
१८ घण्टाअघि

किन स्थगित भयो गगन थापाको भारत भ्रमण?

आईतबार १० साउन, २०८३
२० घण्टाअघि

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन

आईतबार १० साउन, २०८३
२० घण्टाअघि
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०