पाथीभरामा दर्जनौं देशका मुद्रा : भारतीय सिक्का गनिँदै, पाँच लाख नाघ्यो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ माघ, २०८०
३ वर्षअघि

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीले विभिन्न देशमा मुद्रा भेटीका रूपमा चढाउने गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिले अहिले पाथीभरामा भेटीका रूपमा चढाइएको भारतीय सिक्का गन्न थालेको छ ।

Advertisement

नेपालबाहेक अरू देशका सिक्का रकम पहिलो पटक गणना गर्न थालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

उनका अनुसार हालसम्म नोट मुद्रा र नेपाली सिक्का मात्र गणना गरी व्यवस्थापन गरिँदै आएको थियो ।

माघ महिनाको दोस्रो सातायता भारतीय सिक्का गणना गर्न सुरु गरिएको र हालसम्म पाँच लाख रुपैयाँ बढी गणना गरी सकिएको छ ।

अहिले समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत भारतीय सिक्का धमाधम गणना भइरहेको उनले जानकारी दिए ।

समितिका अनुसार पाथीभरामा संकलन भएको भारतीय सिक्का अझै ठुलो परिमाणमा गणना गर्न बाँकी छ ।

भारतीय सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने छ ।

यता पाथीभरामा संकलन भएको भेटी रकमअन्तर्गत पुस मसान्तसम्म गणना भएको नेपाली सिक्का र नोट गरी समितिको खातामा आठ करोड ७० लाख ५२ हजार ५४८ रुपैयाँ मौज्दात छ ।

समितिका अनुसार कुल मौज्दात रकममध्ये पुस महिनामा मात्र ३५ लाख २९ हजार रुपैयाँ भेटी रकम संकलन भएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०