विराटनगर । मोरङको रंगेली नगरपालिकाबाट हरिणको सिङ र गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रंगेली-७ निचामारी टोलकी ५५ वर्षीया सागरदेवी यादव रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
प्रहरीले यादवलाई मंगलबार दिउँसो विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
एक किलो ६९७ ग्राम गाँजा र अवैध रूपमा लुकाईछिपाई राखेको दुई जोडी चार थान हरिणको सिङसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीले उनको विषयमा थप अनुसन्धान गरिरहेको छ ।