कविता : मन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २७ माघ, २०८०
३ वर्षअघि

शान्त तलाउ जस्तै मन
बादल जस्तै
घरिघरि बदलिरहन्छ यो मन
बेला बेलामा बतासैले तरंगित भइदिन्छ
कहिले फेरि बादल भई रमाइदिन्छ
पंखा फैलाएर
भुरुरुरु उडिरहेका चराहरू
डुबुल्की मारेर जान्छन् तालको पानीमा
जल तरंग बनेर रोमाञ्चक बनाइदिन्छ
केही क्षण ताललाई
तालसँगै मन पनि पुलकित भइदिन्छ
बटुवाले डिलमा टेकेको कम्पनले
थर्रर काँपिदिन्छ
तालभित्र थुनिएका जलप्रवाह
हुँडलिन्छ केहीबेर तालको पानी फेरि
सानो बालकले ढुंगा टिपेर
फ्याँकेजस्तै
उठिदिन्छ लहरजस्तो केही
मनभित्र अनौंठो, रोमाञ्चक
कति कति बेला
रिसाहा पत्थरहरूको प्रहारले
भूकम्पले जस्तै हल्लाइरहन्छ
तालको पानीलाई
मनको पानीलाई
लहर कहिले सुनामी बन्छन्
सुनामी कहिले लहर भइदिन्छ
अचम्मको छ मन पनि
तालको पानी जस्तै
बेला बेलामा
अनायास
तरंगित भइरहन्छ
बादलजस्तै अनेक आकार
रूप लिएर रमाइदिन्छ
हावाले पर्दा फर्फराएजस्तै
मन्द मन्द बतासले
सिमलको भुवालाई उडाएजस्तै
फूलको सुगन्ध पर परसम्म पुर्‍याएजस्तै
सुस्तरी सुस्तरी
मायाले सुम्सुमाएर
कपाल उडाएजस्तै
फर्फराइरहन्छ तालको पानी
तरंगित भइरहन्छ मन पनि
बदलिरहन्छ यो मन
रंगीचंगी पुतलीको हुल समात्न
हातलाई पखेँटा बनाएर
हावालाई गिज्याउँदै
सानी केटी हुरिँदै गए जस्तै
मन चंगा उडिरहन्छ
कहिले अतितमा
कहिले वर्तमानमा त
कहिले भविष्यको कल्पनामा
चुर्लुम्म डुबेर
बादलको कान्लै-कान्ला चढेर
कतै टाढा
पर क्षितिजसम्म
पुग्छ क्षणमै मन
अचम्मको छ, बेलगाम छ मन
कोठाको एउटा कुनामा बसेर
झ्यालबाटै सारा संसार घुम्छ
भिसा फ्रि यो मन
कहिले बादल बनेर पहाडसँग जिस्किदिन्छ
कहिले बादलको गाउँमा
चित्रकार बनेर
सानी केटीले कापी चित्र कोरेजस्तै
आकाशमा अनेकौं चित्र बनाइदिन्छ
बादलै चढेर सारा संसार
घुमिरहन्छ
जति घुमेपनि
जति डुलेपनि नथाक्ने
यही एउटा मन छ
निम्तै चाहिन्न
न त सवारी,
न त भिसा
मभित्र थुनिएर कहाँ बस्छ र मन ?
बरालिरहन्छ यो मन
मलाई नै जिस्काएर भागिरहन्छ यो मन ।

-मिरमा

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०