आमा : ‘तपाईं यो के गर्दै हुनुहुन्छ ? त्यो माला छोरालाई दिएर मलाई छोरा पनि तपाईंजस्तो बनाउनु छैन । खै दिनुस्, मै लाउँछु बरु ।’ यति भन्दै फुत्त बाको हातबाट आमाले माला खोस्नु भयो ।
छोरा : ‘आमा ! बाले मलाई दिएको यति सानो उपहार हजुरले खोसेर ठिक गर्नुभएन ! म निकै रिसाएँ ।’
आमा: ‘बाबु ! जनवादी बिहे गरेको वर्ष दिन पुग्न केही दिन मात्र बाँकी थियो । गणतन्त्रका योद्धा हामी गरुङ्गो बन्दुक बोकेर सत्ता कब्जा गर्न जाँदै गर्दा तेरा बालाई भिडन्तमा गोली लागि त्यहीँ अस्ताउनु भयो । म बेहोस भएर लडें । होस आउँदा अस्पतालको बेडमा तिमीलाई दूध खुवाउँदै थिएँ । त्यसै दिनदेखि तिम्रा बाको बिछोडको पीडा बिर्सेर तिम्रो जन्मोत्सवको खुसीमा बाँचेकी छु ।’
पूजा कोठाबाट घण्टी बजाउँदै आमा : ‘बाबु ! छिटो उठेर नुहाऊ, गुरु आउने बेला भयो । हैट ! कस्तो सपना !!’
हत्तपत्त क्यालेन्डर हेरें, आज त सहिद दिवस पो रहेछ । बाको श्राद्ध सकेर मेरो जन्मदिन मनाउँदै आमाको खुसी जीवित पार्नु छ ।
अन्जु शर्मा, रातोपुल