एजेन्सी । इरानले कछुवा, मुसा र किरा राखेर अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको छ ।
भविष्यमा अन्तरिक्षमा मानिस पठाउने तयारीस्वरूप उसले यी जीव राखेर अन्तरिक्षयान प्रक्षेपण गरेको हो ।
यो यानको नाम सलमान राखिएको छ ।
सलमान पृथ्वीबाट एक सय ३० किलोमिटरको उचाइमा रहेको कक्षसम्म गएको छ ।
सलमानमा पाँच सय केजीको क्याप्सुल थियो ।
रकेट र क्याप्सुल दुवै इरानमै बनेका हुन् ।
सोही क्याप्सुलमा ती जीव राखेर अन्तरिक्षमा पठाइएको थियो ।