राजस्व छलीमा दोषी ठहर भएसँगै भाटभटेनीले दुई अर्ब कर र जरिवाना तिर्नुपर्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ माघ, २०८०
३ वर्षअघि

विराटनगर : सर्वोच्च अदालतले भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्यअभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई दोषी ठहर गरेको हो ।

Advertisement

नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो ।

उक्त प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो ।

उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको थियो । पुनरावलोकनको सुनुवाइपछि पुनः अदालतले दोषी ठहर गरेको हो ।

अदालतको फैसलापछि भाटभटेनीले सरकारलाई करिब रु १३ करोड नक्कली भ्याट बिलमार्फत राजस्व ठगी गरेको ठहर भएको हो ।

भाटभटेनीले एक वर्षमै रु तीन करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजस्व ठगी गरेको अदालतले ठहर गरेको छ ।

अदालतले यसअघिको फैसलामा भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोर, अरुण इन्टरकन्टिनेन्टल, शङ्कर ग्यास, महेश बानियाँ र आइएटी प्रालिलाई दोषी ठहर गरेर बिगो भराउने फैसला गरेको थियो ।

सर्वोच्चले भाटभटेनीका नाममा जरिवाना अनि सञ्चालक मीनबहादुर गुरुङसहितलाई सजाय सुनाएको थियो ।

भाटभटेनीले अदालतमा पुनरावलोकनको मुद्दा दर्ता गराएर राजस्व तिर्न अस्वीकार गरेको गरेको भए पनि अदालतको फैसलासँग राजस्व ब्याज र जरिवानासहित बुझाउनुपर्नेछ ।

अदालतको यो फैसलाले नक्कली भ्याट बिलमा अब नयाँ नजिर स्थापित भएको छ ।

सो प्रकरणमा ठूला करदाता कार्यालयले २०६७ मा भाटभटेनीका लागि ४५ करोड ४३ लाख कर निर्धारण गरेको थियो ।

तर, भाटभटेनीले कर नतिरी सर्वोच्चमा मुद्दा लिएर गयो ।

सर्वोच्चले २०७६ पुस २८ मा राजश्व न्यायाधीकरणको पक्षमा फैसला गर्दा भाटभटेनीले कम्तीमा १ अर्ब ३६ करोड रुपैयाँ कर र जरिवाना तिर्नुपर्ने थियो ।

त्यो रकम यकिन भएको चार वर्ष बितिसकेकाले त्यसमा ब्याज लाग्ने हुनाले भाटभटेनीले कम्तीमा दुई अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था आउने बताइन्छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०