इटहरीको कटुवाल होटलको पहिलो ‘आउटलेट’ विराटनगरमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ माघ, २०८०
३ वर्षअघि

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित कटुवाल होटलको पहिलो ‘आउटलेट’ विराटनगरमा खुलेको छ ।

सोमबारबाट औपचारिक रूपमा विराटनगर महानगरपालिका-४ खार्जी चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो ।

Advertisement

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती ‘सुशील’ले सो होटलको उद्घाटन गरेका थिए ।

होटलको उद्घाटन गर्दै मन्त्री उप्रेतीले इटहरीपछि प्रदेशको राजधानी विराटनगरमा पनि होटलले अझ राम्रो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको सुनाए ।

इटहरीस्थति कटुवाल होटलमा आफूले पनि १०-१२ वर्षदेखि विभिन्न परिकारहरू खाँदै आएको उनको भनाइ छ ।

नेपाली स्वादको मासुको परिकार बिक्री गरेर सीमावर्ती भारतका आन्तरिक पर्यटकहरूलाई समेत आकर्षित गर्न मन्त्री उप्रेतीले आग्रह गरे ।

होटल सञ्चालक मणिन्द्र कटुवालले इटहरीपछि पहिलोपटक विराटनगरमा शाखा सञ्चालनमा ल्याएको बताए ।

करिब ३५ लाख रुपैयाँको लगानीमा विराटनगरका उपभोक्तालाई लक्षित गरी होटलको शाखा सञ्चालन गरिएको उनको भनाइ छ ।

तत्कालका लागि १० जनालाई रोजगारी प्रदान गरिएको बताउँदै उनले आफ्नो होटलमा खसीको सेकुवासहित अनेकौं मासुका परिकार पाइने उल्लेख गरे ।

विराटनगरमा लोकल कुखुरा र हाँसको मासुका परिकार पनि उपलब्ध हुने उनको भनाइ छ ।

इटहरीमा २०५४ सालमा सामान्य रूपमा सुरु गरिएको होटल अहिले छुट्टै ब्रान्डका साथ स्थापित भइरहेको उनको भनाइ छ ।

इटहरीमा होटेल सुरु गरेको दिनको सम्झनामा २६औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा पनि सेवा विस्तार गरिएको उनले बताए ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गीता तिम्सिना, पूर्वप्रदेशसभा सदस्य कुशल लिम्बुलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०