इटहरीको कटुवाल होटलको पहिलो ‘आउटलेट’ विराटनगरमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ माघ, २०८०
२ वर्षअघि

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित कटुवाल होटलको पहिलो ‘आउटलेट’ विराटनगरमा खुलेको छ ।

सोमबारबाट औपचारिक रूपमा विराटनगर महानगरपालिका-४ खार्जी चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती ‘सुशील’ले सो होटलको उद्घाटन गरेका थिए ।

होटलको उद्घाटन गर्दै मन्त्री उप्रेतीले इटहरीपछि प्रदेशको राजधानी विराटनगरमा पनि होटलले अझ राम्रो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको सुनाए ।

इटहरीस्थति कटुवाल होटलमा आफूले पनि १०-१२ वर्षदेखि विभिन्न परिकारहरू खाँदै आएको उनको भनाइ छ ।

नेपाली स्वादको मासुको परिकार बिक्री गरेर सीमावर्ती भारतका आन्तरिक पर्यटकहरूलाई समेत आकर्षित गर्न मन्त्री उप्रेतीले आग्रह गरे ।

होटल सञ्चालक मणिन्द्र कटुवालले इटहरीपछि पहिलोपटक विराटनगरमा शाखा सञ्चालनमा ल्याएको बताए ।

करिब ३५ लाख रुपैयाँको लगानीमा विराटनगरका उपभोक्तालाई लक्षित गरी होटलको शाखा सञ्चालन गरिएको उनको भनाइ छ ।

तत्कालका लागि १० जनालाई रोजगारी प्रदान गरिएको बताउँदै उनले आफ्नो होटलमा खसीको सेकुवासहित अनेकौं मासुका परिकार पाइने उल्लेख गरे ।

विराटनगरमा लोकल कुखुरा र हाँसको मासुका परिकार पनि उपलब्ध हुने उनको भनाइ छ ।

इटहरीमा २०५४ सालमा सामान्य रूपमा सुरु गरिएको होटल अहिले छुट्टै ब्रान्डका साथ स्थापित भइरहेको उनको भनाइ छ ।

इटहरीमा होटेल सुरु गरेको दिनको सम्झनामा २६औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा पनि सेवा विस्तार गरिएको उनले बताए ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गीता तिम्सिना, पूर्वप्रदेशसभा सदस्य कुशल लिम्बुलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: मङ्गलबार १६ माघ, २०८०, २१:२४:०४

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
३ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
४ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
५ दिनअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
६ दिनअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
१ हप्ताअघि
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०