भोजपुरका किसानले फलाए रङबिरङ काउली

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ माघ, २०८०
३ वर्षअघि

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–३, चौकीडाँडाका एक किसानले रङबिरङ काउली फलाएका छन् ।

चौकीडाँडास्थित तालखर्कका किसान सुरेन्द्र सोताङ राईले टनेलमा किसिम-किसिमका काउली फलाएका हुन् ।

Advertisement

६ वर्षदेखि व्यावसायिक तरकारी तथा फलफूल खेतीमा लागेका राईले २०७६ देखि रोमानेस प्रजातिको खैरो र हिमाली चुचुराका आकार देखिने आकर्षक काउली फुलाएका थिए ।

यसै वर्ष भने उनले एक साथीबाट पहेँलो र बैजनी फुल्ने काउलीको बिउ ल्याएका थिए । यही सिजनमा मात्र लगाएका ती दुवै रङका काउली फलेपछि रङबिरङ देखिएका हुन् ।

उनको टनेल खेतीमा रैथाने सेतो, सुनौलो, बैजनी र खैरो रोमानेस र ब्रोकाउली गरी पाँचथरीका काउली फक्रेका छन् ।

रङबिरङ काउलीको सपना भने उनलाई वैदेशिक रोजगारीले देखाएको हो ।

वैदेशिक रोजगारीको त्यही सपनालाई साकार पार्न उनले उता कमाएको सबै सम्पत्ति गाउँ फर्केर लगानी गरेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र साउदी अरब गएका राईले गाउँ फर्किएर तरकारी र फलफूल खेतीमा तल्लीन भएका हुन् ।

विदेशमा कमाएको १० लाख रुपैयाँको लगानीमा सुरु गरेको सुपर चोमोलुङमा एग्रो फार्ममा अहिले धेरै नयाँ प्रजातिका तरकारी र फलफूल लगाइएको छ ।

काउलीका अतिरिक्त सलगम, लेट्युस, फेनल, आलु, मुला, रायो, बकुल्ला, केराउलगायत तरकारी राईको बारीमा छन् ।

एभोकाडो, स्याउ, किवी, जापानी कटुस, जापानी नास्पाती, जापानी आरु, जापानी हलुवावेद, सिल्भरबेरी, जापानी बखडा, अमेरिकी आरु, कागतीलगायतका फलफूल र ओरीगानो, फाइम, क्यामबाइल, आल्मड, प्याज, लसुनलगायत मसला बाली पनि लोभलाग्दो छ ।

तिनबाट मह निकाल्न मौरी पनि पालिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुन तोलामा १७ सय रुपैयाँले बढ्यो

शुक्रबार ३० असोज, २०८३
१ हप्ताअघि

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

बिहिबार २९ असोज, २०८३
२ हप्ताअघि

बागमतीका उद्योगमा ५९ प्रतिशत उत्पादन क्षमता खेर, खर्बौंको लगानी पूर्ण उपयोगविहीन

बुधबार २८ असोज, २०८३
२ हप्ताअघि

दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर

मङ्गलबार २७ असोज, २०८३
२ हप्ताअघि

सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता

मङ्गलबार २७ असोज, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो

मङ्गलबार २७ असोज, २०८३
२ हप्ताअघि
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०