इलाम । इलाममा सम्पन्न प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडाैं (एनआरटी)ले जितेको छ ।
शनिबार इलामको टुँडीखेलमा भएको फाइनल खेलमा एनआरटीले झापालाई पेनाल्टी सुटआउटमा ४-३ गोलान्तरले हराउँदै उपाधि जितेको हो ।
खेलको निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो ।
विर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया आजको खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।
यससँगै विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार पाएका छन् ।