राष्ट्रियसभा निर्वाचन : कोशीमा मतदान जारी, ७५ प्रतिशत मत खस्यो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ माघ, २०८०
३ वर्षअघि

विराटनगर । राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशमा मतदान धमाधम जारी छ । बिहीबार बिहान ९ बजेदेखि निर्वाचन अधिकृतको कार्यालयमा मतदात सुरु भएको हो ।

महिलातर्फ कांग्रेसकी प्रदेशसभा सदस्य लखीकुमारी गणेश र पुरुषतर्फ कांग्रेसकै हिमाल कार्कीलेले मत दिँदै मतदान प्रक्रिया थालेका थिए ।
मतदान दिउँसो ३ बजेसम्म हुनेछ । आजै मतगणना हुने र आजै नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

Advertisement

कोशी प्रदेश निर्वाचन आयोगका सहायक निर्वाचन अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ११:२० बजेसम्म कुल ७५ प्रतिशत मत खसेको छ ।

फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान भएको हो । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेकामध्ये कोशीमा कुल ३६७ मतदाता छन् ।

सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् ।
गठबन्धनसँग प्रतिस्पर्धा गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ । सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग नेकपा एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।
कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०