पथरीशनिश्चरे र उर्लाबारीबाट एकै दिन ७६ वर्षीय दुई वृद्ध हराए

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ माघ, २०८०
३ वर्षअघि

उर्लाबारी । मोरङका दुई पालिकाबाट एकै दिन दुई जना वृद्ध बेपत्ता भएका छन् ।

पथरीशनिश्चरे नगरपालिका-९ का ७६ वर्षीय जनकलाल बास्कोटा गत पुस २१ गते बिहानदेखि बेपत्ता भएका छन् ।

Advertisement

नाति लेखनाथ बास्कोटाका अनुसार उनी पुस २१ गते बिहान साढे ७ बजेतिर चिया खाएर चोक निस्किन्छु भनेर हिँडेका थिए ।

त्यसयता परिवारसँग सम्पर्कविहीन बनेका जनकलाल एक साता बितिसक्दा पनि घर फर्किएका छैनन् ।

हजुरबुबा कान कम सुन्ने र बेला–बेला होसका कुरा नगर्ने बताउँदै उनका नाति लेखनाथले खोजी तीव्र पारिएको जनाए ।

हेर्दा खाइलाग्दो देखिने जनकलालको एकोहोरो हिँडिरहने बानी रहेको उनको भनाइ छ ।

उनी छोरा गोपाल बास्कोटाको साथमा बस्दै आएका थिए ।

यस्तै, सोही दिनको सोही समयमा उर्लाबारी नगरपालिका-९ का ७६ वर्षीय नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन् ।

उनीहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन् ।

खोजी थालेको एक साता बितिसक्दा पनि उनीहरू नभेटिएको परिवारस्रोतले जनाएको छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०