विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार उदयपुरमा भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुन: दोहोरिएका हुन् । अघिल्लो अधिवेशनबाट पनि ढकाल हिसानको अध्यक्षमा निर्विरोध निर्वाचित बनेका थिए ।
विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष र निहारिका कलेजका प्रिन्सिपलसमेत रहेका ढकाल त्यसअघि भने हिसान मोरङको वरिष्ठ उपाध्यक्ष बनेका थिए ।
यस्तै, सचिवमा कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपाल सचिवमा निर्वाचित भएका हुन् ।