हजुरआमा-नातिनीमाथि ढुंगा प्रहार : नातिनीको मृत्यु, खाटमुनि लुकेर बाँचे नाती

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ पुस, २०८०
३ वर्षअघि

म्याग्दी – म्याग्दीमा धारिलो ढुंगा (छपनी) प्रहारबाट एक जनाको हत्या भएको छ ।

शनिबार दिउँसो म्याग्दीको मालिका गाउँपालिका-७ बिमकी ६६ वर्षीया अमृता जुग्गाली र सात वर्षीया प्रियंका गर्बुजामाथि ढुंगा प्रहार भएको थियो ।

जसमा गम्भीर घाइते भएकी गर्बुजाको शनिबार बेलुका पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार दिउँसो हजुरआमामाथि आक्रमण भएपछि उनी छेक्न पुगेकी थिइन् ।

छेक्ने क्रममा उनीमाथि पनि ढुंगा प्रहार भएको थियो ।

ढुंगा प्रहारबाट घाइते बनेका प्रियंका र अमृतालाई हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले प्रियंकालाई मृत घोषित गरेका थिए । अमृताको भने उपचार जारी छ ।

उनी खतरामुक्त रहेको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । उनीमाथि चिर्पट पनि प्रहार भएको बताइएको छ ।

हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो ।

प्रियंकाका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए ।

मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो ।

प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी थिइन् ।

बिमको तल्लो गाउँनजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।

हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

‘एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ,’ प्रनाउ कुँवरले भने, ‘विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ ।’

प्रहरीले पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ । मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा लगिएको छ ।

प्रकाशित समय: आईतबार २२ पुस, २०८०, १०:२०:२०
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०