काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ ।
शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ ।
माग गरिएकामध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन् ।
प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ ।