‘भारतीय पर्यटकलाई सास्ती नदिए पर्यटन क्षेत्र व्यापक हुन्छ’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ पुस, २०८०
११ महिनाअघि

विराटनगर । भारतीय पर्यटकले नेपालमा अनेकन् सास्ती झेल्नुपरेको बताउँदै सरोकारवालाहरूले उनीहरूलाई कष्ट नदिएमा पर्यटन क्षेत्र व्यापक हुने बताएका छन् ।

सोमबार कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित प्रदेश सरकार, पर्यटन व्यावसायी र सरोकारवालाहरूबीच भएको नीति तथा अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

भारतबाट नेपाल आउने पर्यटकले सीमा-नाकादेखि नै समस्या झेल्नुपर्ने भएका विस्तारै उनीहरूको संख्या घटेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पर्यटन संयोजक भविष श्रेष्ठले बताए ।

अरू प्रदेशमा जस्तो अन्य देशबाट आउने प्रदेशबाट आउने पर्यटकहरू यस प्रदेशमा नआउने उनको भनाइ छ । यस प्रदेशमा भारतीय पर्यटकमात्र आउने भए पनि अनेकन सास्तीले गर्दा उनीहरूको संख्या ओरालो लाग्न थालेको श्रेष्ठले स्मरण गराए ।

‘सीमामा सुरक्षा निकायले दिने सास्ती, यातायात अनुमतिको झन्झट, भारतीय नोट प्रतिबन्ध र २५ हजारभन्दा बढी रकम बोक्न नपाउने नियमले गर्दा भारतीय पर्यटकहरू घट्दै छन्,’ उनले भने, ‘बेलैमा चेत नखुलेमा हाम्रो पर्यटन क्षेत्र डामाडोल हुने छ ।’

यसैगरी कोरोना भाइरस महामारीपछि काँकरभिट्टा नाकाबाट बंगलादेशी पर्यटक आउनेक्रम पूर्ण रूपमा रोकिएको उनले बताए । पर्यटन विकास बोर्डबाट हुने बजेट वितरणमा कोसी प्रदेशलाई अन्याय गरिएको उनको गुनासो छ ।

पर्यटन व्यावसायी पूर्ण भट्टराईले भारतीय पर्यटक नै यस प्रदेशको समृद्धिको आधार रहेकोले छिमेकी मुलुक भारतबाट आउने पर्यटकलाई सास्ती दिन नहुने बताए । भारतीय पर्यटकलाई सहज आवागमन व्यवस्था गर्नुपर्ने र राति होटल सञ्चालनका लागि निश्चित समय तोक्नुपर्ने उनको भनाइ थियो ।

होटल संघ, कोसी प्रदेश अध्यक्ष राजन श्रेष्ठले हवाइ उडानले गर्दा पर्यटक प्रभावित बनेको बताउँदै विराटनगरबाट पहाडी जिल्लाहरूमा उडान गर्नुपर्ने सुझाए ।

अध्यागमन कार्यालयका प्रमुख लक्ष्मी पौडेल, होटल व्यावसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी, पर्यटन व्यावसायी बासुदेव बराल, हाेमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष एकराज घिमिरेलगायतले पर्यटन प्रवर्द्धनमा ‘मार्केटिङ’ र ‘ब्रान्डिङ’को आवश्यकता रहेको बताए ।

प्रदेश सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउन नीतिगत रूपमा व्यवस्था गर्नुपर्ने र पर्यटकीय क्षेत्रसम्म पुग्न बाटो, बिजुली, पुल जस्ता पूर्वाधारको विकासमा जोड दिनुपर्नेमा उनीहरूको एकमत थियो ।

साथै, उनीहरूले पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ र मुख्यमन्त्री केदार कार्कीबाट प्रदेशको पर्यटकीय अवस्था कायापलट हुन सक्नेमा आफूहरू विश्वस्त रहेको सुनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केदार कार्कीले पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सरकारले आवश्यक बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको विकास थालनी गरेको उनले जानकारी दिए ।

पर्यटकहरूको आवागमन वृद्धि गर्न सरकारले व्यवसायीबीच साझा अवधारणा कायम गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरूको सुझावअनुसार ऐनमा संशोधन गर्ने पनि बताए ।

पर्यटन व्यवसायीसमेत सरकारको दूत रहेकाले संयुक्त रूपमा भारतको बिहार, बंगालका यस क्षेत्रको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्नुपर्ने सुझाव दिए ।

मुख्यमन्त्री कार्कीले पर्यटन प्रहरी व्यवस्था गर्न बजेट व्यवस्थापन गरिएको बताउँदै प्रवर्द्धनका लागि तालिम तथा अभिमुखीकरण आयोजना गर्ने पनि उल्लेख गरे ।

पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीको सुझावअनुसार विस्तृत गुरुयोजना बनाउने जानकारी दिए । सो गुरुयोजनाअनुसार अगाडि बढ्न सबैसँगको सहकार्य आवश्यक पर्ने उनको भनाइ छ ।

मन्त्रालयका सचिव विकास घिमिरेले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल चलाउने बताए ।

प्रकाशित समय: मङ्गलबार १७ पुस, २०८०, ०७:५७:०१
विराटनगरमा मृत भेटिए गीत गजलका सञ्चालक
शनिवार २२ मङ्सिर, २०८१
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०