आजदेखि विराटनगरमा विराट एक्स्पो सुरु हुँदै, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ पुस, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमपूर्व शङ्करपुर मार्गमा आजदेखि मोरङ व्यापार सङ्घ एक्स्पो २०८० (विराट एक्स्पो) सुरु हुने भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्स्पोको उद्घाटन गर्ने छन् ।

Advertisement

एक्स्पो उद्घाटनका लागि बिहीबार नै विराटनगर आएका प्रचण्ड अहिले छोरी-ज्वाइँ गङ्गा र जीवन आचार्यको घरमा बास बसेका छन् ।

आजदेखि सुरु हुने एक्स्पोको पुस १६ गते समापन हुने बताइएको छ । विराटनगरमा प्रत्येक वर्ष एक्स्पो हुने गरेको छ ।

यसपटक एक्स्पोका लागि दुई सय ५० वटा स्टल तय भएको थियो ।

तर, एक्स्पोको एक साताअघि नै सम्पूर्ण स्टलहरू बिक्री भएपछि २५ स्टल थप भएको आयोजक मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालको भनाइ छ ।

एक्स्पोका लागि बनाइएका स्टलहरू नेपाल, भारत, पाकितान र बङ्गलादेशका उद्योगी तथा व्यापारीहरूले खरिद गरेका हुन् ।

एक्स्पोलाई अझै आकर्षण बनाउन रोटेपिङ, झुला ,ड्राइगन जस्ता खेलसँगै मनोरञ्जन लागि कन्सर्टको पनि आयोजना हुने भएको छ ।

एक्स्पोमा अवलोकन गर्ने दर्शक र कारोबार पनि राम्रै हुने आयोजकको अपेक्षा छ ।

अध्यक्ष रिजालले ६ देखि सात लाखले अवलोकन गर्दा २० करोड बढीको कारोबार हुने अपेक्षा राखिएको जनाएका छन् ।

एक्स्पोमा खर्च साढे दुई करोड बढी हुने अनुमान गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०