आजदेखि विराटनगरमा विराट एक्स्पो सुरु हुँदै, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ पुस, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमपूर्व शङ्करपुर मार्गमा आजदेखि मोरङ व्यापार सङ्घ एक्स्पो २०८० (विराट एक्स्पो) सुरु हुने भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्स्पोको उद्घाटन गर्ने छन् ।

Advertisement

एक्स्पो उद्घाटनका लागि बिहीबार नै विराटनगर आएका प्रचण्ड अहिले छोरी-ज्वाइँ गङ्गा र जीवन आचार्यको घरमा बास बसेका छन् ।

आजदेखि सुरु हुने एक्स्पोको पुस १६ गते समापन हुने बताइएको छ । विराटनगरमा प्रत्येक वर्ष एक्स्पो हुने गरेको छ ।

यसपटक एक्स्पोका लागि दुई सय ५० वटा स्टल तय भएको थियो ।

तर, एक्स्पोको एक साताअघि नै सम्पूर्ण स्टलहरू बिक्री भएपछि २५ स्टल थप भएको आयोजक मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालको भनाइ छ ।

एक्स्पोका लागि बनाइएका स्टलहरू नेपाल, भारत, पाकितान र बङ्गलादेशका उद्योगी तथा व्यापारीहरूले खरिद गरेका हुन् ।

एक्स्पोलाई अझै आकर्षण बनाउन रोटेपिङ, झुला ,ड्राइगन जस्ता खेलसँगै मनोरञ्जन लागि कन्सर्टको पनि आयोजना हुने भएको छ ।

एक्स्पोमा अवलोकन गर्ने दर्शक र कारोबार पनि राम्रै हुने आयोजकको अपेक्षा छ ।

अध्यक्ष रिजालले ६ देखि सात लाखले अवलोकन गर्दा २० करोड बढीको कारोबार हुने अपेक्षा राखिएको जनाएका छन् ।

एक्स्पोमा खर्च साढे दुई करोड बढी हुने अनुमान गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०