लघुकथा : केही न केही

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३० मङ्सिर, २०८०
३ वर्षअघि

-ऋषि तिवारी

‘सर नमस्कार ।’
सर एकछिन टक्क अडिएर मेरो मुखमा हेर्न थाल्नु भो । कक्षा एकदेखि दस कक्षासम्मको पाठशाला थियो, हाम्रो ।
पढाउने विषय उहाँको नेपाली । सबै विषयका सबै सरहरू मिहिनेतिला हुनुहुन्थ्यो । आफ्नो विद्यार्थीलाई कहिले गाली गरेको थाहा थिएन ।

गाली गरे पनि शिक्षाको आर्जनको गाली हुन्थ्यो । एकचोटि त कृष्ण सरले बेस्सरी हप्काएका नै थिए मलाई ।
तर, फेरि सम्झाउने गर्नु हुन्थ्यो । सरहरू जहिल्यै चिन्तित बन्नु हुन्थ्यो ।
कसरी विद्यार्थीहरूको शिक्षामा योगदान दिऊँ ?
आज त्यही शिक्षाको ज्योतिको परिणाम हो, विद्यार्थीको भविष्य ।

सरले पनि नमस्कार भनी सम्बोधन गर्नुभएको थियो त्यही बेला, जुनबेला सरलाई मैले नमस्कार गरेको थिएँ ।
अनि गफिन थाल्यौँ, हामी गुरु-चेला ।
मैले नै सोधें-‘सर रिटायर्ड हुनुभयो ?’ उहाँले जवाफ दिनुभएको थियो, ‘बाँकी छ अझै तीन वर्षजति ।’
‘ए’! यति भने मैले ।

फेरि सरले खोतल्न थाल्नुभयो-‘के गर्दैछौ, तिमी ? मैले पढाएको विद्यार्थीहरू कोही इन्जिनियर भए, कोही हेल्थ असिस्टेन्ट, कोही ठुलो बोर्डिङ खोलेर प्रिन्सिपल भए भन्छन् । अँ साँच्चै तिमी के भयौं ?’

सरको प्रश्नले खुसी थिएँ, म । जवाफ पनि यसरी दिएको थिएँ-‘म पनि केही न केही भएँ ! सानोतिनो जागिर खाँदै भए पनि म पनि साहित्यकार भएँ ।’

सरले खुसी ब्यक्त गर्दै भन्नुभएको थियो,’जय होस्, हाम्रा पाठशालाका विद्यार्थीहरू पनि केही न केही भए ।’

विराटनगर-६, ममता-मार्ग ।

प्रकाशित समय: शनिवार ३० मङ्सिर, २०८०, ११:२०:२२
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०