झोराहाटमा एक अर्ब लगानीमा खुल्यो नयाँ उद्योग :  प्रतिघण्टा २० मेट्रिक टन दाना उत्पादन हुँदै

विजय पेलेट दाना उत्पादनमा नविनतम् प्रविधि

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ पुस, २०८०
३ वर्षअघि

विराटनगर । नेपाल वेलहोप एग्री–टेक प्रालिले मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्ब रुपैयाँको लगानीमा नयाँ उद्योग सञ्चालनमा ल्याएको छ ।

दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै वेलहोपले पेलेट दाना उत्पादन गर्ने नयाँ उद्योग सञ्चालनमा ल्याएको हो ।

नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।

उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोगमार्फत दाना उत्पादन थालेको छ ।

गुणस्तरीय दाना उत्पादनका लागि प्रसिद्ध मानिने सो मेसिन नेपालमै पहिलोपटक प्रयोग भएको कम्पनीका प्रोडक्सन प्रमुख डम्बर आलेले जानकारी दिए ।

दाना उत्पादनमा उत्कृष्ट मेसिनका रूपमा परिचित भेन आर्सनले गुणस्तरीय दाना उत्पादन गर्ने उनको भनाइ छ ।

पूर्ण रूपमा स्वचालित मेसिनद्वारा उत्पादन हुने हुँदा गुणस्तरमा सधैँभरि एकरूपता कायम हुने आलेले जनाए ।

‘पहिले पेलेट दाना बनेपछि तेल मिक्स गर्ने गरिन्थ्यो, त्यसो गर्दा दाना नरम हुने र धुलोको मात्रा बढी हुने समस्याले गर्दा चल्लाले खान सक्थेन,’ उनले भने, ‘यो मेसिनले ओइल स्प्रे दाना उत्पादन गर्छ, जुन कडा हुन्छ र धुलो हुँदैन, जसले गर्दा दाना खेर जाने समस्या हुँदैन । जसकारण पशुपन्छीले सहजै सबै खान्छन् र त्यसमा भएको पोषक तत्व लिन्छन् ।’

गुणस्तरीय दाना उत्पादनका अलावा ‘प्लाटिस्टक लेमिनेटेड’ बोरामा ‘प्याकेजिङ’ गर्ने भएकाले दानाले वायुमण्डलको ‘मोस्चराइजर’ तान्ने सम्भावना कम हुने हुँदा यसको आयु अरूतिरको भन्दा राम्रो हुनेगरेको उनको दाबी छ ।

अत्याधुनिक प्रविधिबाट उत्पादित पेलेट दानाको मूल्य प्रतिस्पर्धी देखिए पनि दाना खपत कम हुने र उत्पादकत्व बढी हुने भएकाले समग्रमा किसानहरूलाई अरूको तुलनामा बढी नाफामूलक हुने कम्पनीका राष्ट्रिय बिक्री संयोजक डाक्टर जितेन्द्र लामाले बताए ।

‘मुलुककै सर्वाधिक धेरै दाना उत्पादन क्षमता भएको कम्पनी भएकाले किसानहरूलाई चाहिएको समय र स्थानमा सहज रूपमा दाना उपलब्ध हुन्छ,’ उनले भने, ‘बजारको माग परिपूर्ति गर्नेगरी हामीले नयाँ उद्योगमार्फत् उत्पादन थालेका हौं । किसानलाई गुणस्तरीय दाना उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो ।’

अहिले सो उद्योगबाट कुखुरा, सुँगुर–बङ्गुर, गाई–भैंसी र माछाका लागि मौसम र स्वादअनुकूलको ४२ प्रकारका पेलेट दाना उत्पादन हुने गरेको छ ।

हाल प्रतिदिन १६ घण्टा सञ्चालन हुने उद्योगबाट प्रतिघण्टा २० मेट्रिक टन दाना उत्पादन गरिँदै आएको छ ।

निकट भविष्यमै बाख्राका लागि पनि दाना उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

विजय पेलेट दानाको विराटनगर शाखाका बजार व्यवस्थापन प्रमुख कुमार पौडेलले भारतीय सुपरब्रिड मकैलगायत विदेशबाट निर्यातित उच्चस्तरीय कच्चा पदार्थबाट उत्कृष्ट प्रविधिमार्फत् उत्पादित उत्कृष्ट दानाको माग बजारमा आकर्षक रहेको जनाए ।

मोरङको झोराहाटमा बाहेक नेपाल वेलहोपका चितवनको भरतपुर–५ मा र बाँकेको कोहलपुर–१४ पनि उद्योग रहेका कारण विजय पेलेट दाना देशभरि नै उपलब्ध रहेको उनको भनाइ छ ।

उच्चस्तरीय प्रविधिको प्रयोग गर्दा कम्पनीको उत्पादन लागत बढ्ने भए पनि किसानलाई सहुलियत दरमा उच्च गुणस्तरीय दाना बिक्री गरिरहेको कम्पनीका लेखा शाखा प्रमुख विशाल दवाडीले जानकारी दिए ।

साढे तीन बिघा क्षेत्रफलमा फैलिएको झोराहाटस्थित उद्योगमा सय जनाभन्दा बढीले रोजगारी पाएका छन्, त्यसमा स्थानीयसमेत छन् ।

वातावरणीय प्रदूषण न्यूनीकरण गर्न उद्योगले चिम्नीमा ‘मेकानिकल डस्ट कलेक्टर’ प्रयोग गरेको छ, जसले गर्दा धुलो बाहिर जाँदैन र त्यस क्षेत्रआसपास प्रदूषण नहुने उद्योगका प्राविधिकहरूको भनाइ छ ।

उद्योगले दाना उत्पादनका अलावा किसानको हितका लागि पशुपन्छी पालनसम्बन्धी तालिम दिन प्राविधिक सुबिधा उपलब्ध पनि गराउने गरेको छ ।

किसानको फार्म निरीक्षणका लागि प्राविधिकको टोली पठाउने र किसानलाई आवश्यकताअनुसारको परामर्श सेवा उपलब्ध गराउने काम पनि कम्पनीले गरिरहेको छ ।

त्यसबाहेक कम्पनीको आफ्नै अत्याधुनिक ल्याब भएकोले कच्चा पदार्थ र उत्पादनको नियमित परीक्षण–प्रशोधन गरेरमात्र बजारीकरण हुने गरेको छ ।

प्रकाशित समय: शनिवार ७ पुस, २०८०, १७:०३:१७

सम्बन्धित खबर

अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो

शुक्रबार १९ भदौ, २०८३
२ दिनअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ दिनअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
३ दिनअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०