समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ माघ, २०७९
४ वर्षअघि
उपसभामुख मगर

झापाको शनिश्चरेकी इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद् रहेकी मगर आज सम्पन्न उपसभामुखकाे निर्वाचनमा  सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवार रहेकी थिइन् । उनले नेपाली कांग्रेसी उम्मेदवार मुक्ताकुमारी यादवलाई  पराजित गरिन् ।

मगरकाे पक्षमा एक सय ६६ मत प्राप्त हुँदा यादवले ९७ मत प्राप्त गरिन् । एक सांसद्ले तटस्थ मतदान गरेकाे सभामखु देवराज घिमिरले जनाए ।

रानामगरको प्रस्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देन रहेका थिए ।  यस्तै यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्लाकाे समर्थन रहेकाे थियाे ।

प्रतिनिधिसभा उपसभामुखमा निर्वाचित राना राजनीतिक क्षेत्रमा नयाँ अनुहार हुन् तर सामाजिक क्षेत्रमा उनी अब्बल र कुशल नेत्रीका रूपमा स्थापित छिन् ।

राना मगर गत मंसिर ४ मा सम्पन्न सङ्घीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधि सभाको सदस्य बनेकी हुन् ।

समाजसेवामा चर्चित उपसभामुख 

बन्दी सहायता नेपालकी संस्थापक हुन् राना ।

उनकाे संस्था बन्दी सहायता नेपालले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिँदै आइरहेकाे छ । संस्थाले बुबाआमा जेल पर्दा अलपत्र भएका बालबालिकाको स्याहार र शिक्षामा सहयोग गर्छ । सामाजिक क्षेत्रमा सक्रिय उपसभामुख मगर नेपालमा मात्र नभई विश्वभर परिचित पात्र हुन् ।

साहित्यकार पारिजातबाट प्रभावित भएर आफू सामाजिक काममा  सक्रिय रहेकाे उपसभामुख रानामगर बताउँछिन् ।

मगर आबद्ध संस्थाले १२ वटा बालगृह, दुई वटा विद्यालय, चार वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ। हाल मगर नेतृत्वकाे संस्थाले करिब एक हजार पाँच सय बालबालिकाको हेरचाह गर्दै आइरहेको छ।

सन् २०१४ मा स्विडेनले मगरलाई वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्डबाट सम्मानित गरेकाे थियाे । सन् २००५ मा ‘अशोका फेलो’ उपाधि, २००९ मा एसियाका शीर्ष २१ नेतृत्वले पाएको जनसेवा अवार्ड, २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा रही सकेकी  मगरले दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छिन् ।

वि.सं. २०२७ सालमा प्रतापसिंह र मनमाया मगरकी कान्छी छोरीको रूपमा मगर जन्मिएकी हुन् । अभावपूर्ण बाल्यकाल बिताएकी उनी हाल १३ महिने शिशुदेखि सयौँको ‘आमा’ बनेकी छिन् । ११ वर्षकाे हुँदा कक्षा ५ बाट औपचारिक शिक्षा प्रारम्भ गरेकी उनले २०५३ मा स्नातक उत्तिर्ण गरेसँगै समाजसेवा प्रारम्भ गरेकी थिइन् ।

प्रकाशित समय: शनिवार ७ माघ, २०७९, १८:५३:५४

सम्बन्धित खबर

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
१७ घण्टाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
२ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०