शरणार्थीका डा. राईलाई दमक नगरपालिकाको सहयोग

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ ब‌ैशाख, २०७९
४ वर्षअघि
शरणार्थीका

भुटानी शरणार्थीका डाक्टरका रुपमा परिचित डा. भम्पा राईलाई दमक नगरपालिकाले निःशुल्क आवास सुविधा प्रदान गरेको छ ।

७५ वर्षीय डा. राईलाई नगरपालिकाले बाँचुन्जेलसम्म बस्नलाई आवास सुविधा दिने भएको हो ।

मिर्गौला रोगबाट पीडित पत्नीको दुई वर्षअघि निधन भएयता उनी दमकमा एक्लै बसिरहेका छन् ।

हर्नियाले पीडित डा. राई पेटसम्बन्धी रोगबाट समेत ग्रसित छन् । तीन दशकदेखि भुटानी शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. राई शरणार्थी शिविरमा नबसी छुट्टै बस्दै आएका थिए ।

दमक नगरपालिका प्रमुख रोमनाथ ओलीका अनुसार डा. राईका लागि नगरपालिकाले दमक–५ मा आवास व्यवस्था मिलाइदिएको छ ।

भुइँतलाको तीनवटा कोठा र किचनसहितको फ्लाट व्यवस्था गरिएको प्रमुख ओलीले द शब्द एक्सप्रेसलाई जानकारी दिए । घरभाडाबापत नगरपालिकाले मासिक दश हजार तिर्ने सम्झौता भएको छ ।

निःसन्तान रहेका डा. राईले हाल गजुरमुखी क्लिनिकमा बसेर स्वास्थ्य सेवा दिइरहेका छन् । भुटानमा रहँदा भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपालीभाषी लखेटिँदा स्वेच्छाले नेपाल आएका थिए ।

हेर्ने कथा युट्यूब च्यानलमार्फत सार्वजनिक भएको ‘माटोको कथा’ भिडियोले उनलाई नेपालमा विशेष चर्चा दिएको थियो ।
नगरपालिकाले आफ्नो लागि आवास व्यवस्था गरिदिएको प्रति डा. राईले खुशी व्यक्त गरेका छन् ।

आफूसँगै नेपाल आएका भुटानी शरणार्थी तेस्रो मुलुकमा पुगे पनि डा. राई अझै भुटान फर्कने सपना बोकेर बाँचिरहेका छन् ।

प्रकाशित समय: शुक्रबार ९ ब‌ैशाख, २०७९, १६:५५:५०
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०