शरणार्थीका डा. राईलाई दमक नगरपालिकाको सहयोग

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ ब‌ैशाख, २०७९
४ वर्षअघि
शरणार्थीका

भुटानी शरणार्थीका डाक्टरका रुपमा परिचित डा. भम्पा राईलाई दमक नगरपालिकाले निःशुल्क आवास सुविधा प्रदान गरेको छ ।

७५ वर्षीय डा. राईलाई नगरपालिकाले बाँचुन्जेलसम्म बस्नलाई आवास सुविधा दिने भएको हो ।

Advertisement

मिर्गौला रोगबाट पीडित पत्नीको दुई वर्षअघि निधन भएयता उनी दमकमा एक्लै बसिरहेका छन् ।

हर्नियाले पीडित डा. राई पेटसम्बन्धी रोगबाट समेत ग्रसित छन् । तीन दशकदेखि भुटानी शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. राई शरणार्थी शिविरमा नबसी छुट्टै बस्दै आएका थिए ।

दमक नगरपालिका प्रमुख रोमनाथ ओलीका अनुसार डा. राईका लागि नगरपालिकाले दमक–५ मा आवास व्यवस्था मिलाइदिएको छ ।

भुइँतलाको तीनवटा कोठा र किचनसहितको फ्लाट व्यवस्था गरिएको प्रमुख ओलीले द शब्द एक्सप्रेसलाई जानकारी दिए । घरभाडाबापत नगरपालिकाले मासिक दश हजार तिर्ने सम्झौता भएको छ ।

निःसन्तान रहेका डा. राईले हाल गजुरमुखी क्लिनिकमा बसेर स्वास्थ्य सेवा दिइरहेका छन् । भुटानमा रहँदा भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपालीभाषी लखेटिँदा स्वेच्छाले नेपाल आएका थिए ।

हेर्ने कथा युट्यूब च्यानलमार्फत सार्वजनिक भएको ‘माटोको कथा’ भिडियोले उनलाई नेपालमा विशेष चर्चा दिएको थियो ।
नगरपालिकाले आफ्नो लागि आवास व्यवस्था गरिदिएको प्रति डा. राईले खुशी व्यक्त गरेका छन् ।

आफूसँगै नेपाल आएका भुटानी शरणार्थी तेस्रो मुलुकमा पुगे पनि डा. राई अझै भुटान फर्कने सपना बोकेर बाँचिरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०