विश्व फुटबल महासङ्घ (फिफा) वरीयतामा नेपाल एक स्थान खस्किएको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।
नयाँ वरीयतामा नेपाल एक स्थान खस्किएर एक सय ६८औँ स्थानमा झरेको हो ।
यसअघि नेपाल एक सय ६७औँ स्थानमा थियो ।
नेपाल हालै थाइल्यान्डसँग खेलेमो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएका कारण परियता खस्किएको हो ।
अघिल्लो साता मात्र नेपाल थाइल्यान्डसँग उसैको मैदानमा २–० गोलले पराजित भएको थियो ।
दक्षिण एसियाली राष्ट्र (साग) मा भने नेपाल तेस्रो स्थानमा छ ।
भारत शीर्ष स्थानमा छ ।
भारत समग्रमा एक सय ६ र दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६औँ स्थानमा छ ।
यसैगरी भुटान एक सय ८७औँ बंगलादेश एक सय ८८ औँ, पाकिस्तान एक सय ९७औँ र श्रीलंका दुइ सय पाचाैँ स्थानमा छ ।
विश्व वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ ।
बेल्जियम दोस्रो फ्रान्स तेस्रोमा, अर्जेन्टिना चौथो र इङल्यान्ड पाँचौँ स्थानमा छ ।
यो पनि