रियलको मैदानमा बार्सिलोनाको रबाफिलो जित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ चैत, २०७८
४ वर्षअघि
रबाफिलो जित

स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा  रियल मड्रिडमाथि बार्सिलोनाले रबाफिलो जित निकालेको छ ।

आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनाले रियललाई उसैको मैदानमा ४-० गोल अन्तरले हराउँदै रबाफिलो जित निकालेको हो ।

रियलको मैदानमा बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक अबमेयाङले दुई गोल गरे ।

रोनाल्ड अरुजो र फेरान टोरेसले एक एक गोल गरे ।

आर्सनलबाट यसै सिजन आएका पिएरे-एमरिक अबमेयाङको प्रभावशाली प्रदर्शन सम्झनलायक रह्यो ।

उनले दुई गोल र एक गोलका लागि असिस्ट गरेका थिए ।

बार्सिलोनाका लागि २९औँ मिनेटमा अबमेयाङको गोल गरेका थिए ।

उनले डेम्बेलेको पासलाई सदुपयोग गर्दा दोस्रो गोल अराउजोले ३८ औं मिनेटमा गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

उसका लागि टोरेसले ४७औँ मिनेटमा र ५१औँ मिनेटमा अबमेयाङले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।

यो जित अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोना छोडेपछि पहिलो हो ।

रियलले यसअघि पाँच ‘एल क्लासिको’ मा जित निकालेको थियो ।

सिजनको सुरुवात खराब गरेको बार्सिलोना अन्तसम्म आइपुग्दा आफूलाई ट्रयाकमा मात्रै ल्याएको छैन ।

उसले लिगको मध्यभागबाट आफूलाई शीर्ष दुई नजिक लगेको छ ।

जितसँगै बार्सिलोनाले रियलसँग हारको बदला लिएको छ ।

यसभन्दा अघिका पाँच एल क्लासिकोमा रियल हाबी भएको थियो ।

पाँचै खेलमा रियलले बार्सिलोनामाथि जित दर्ता गरेको थियो ।

यस्तै, जितपछि २८ खेलमा ५४ अङ्क जोडेको बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।

२९ खेल खेलेको रियल भने ६६ अङ्कसहित शीर्ष स्थानमा छ ।

रियलले उपाधि होडमा अब्बलता बनाउँदा सेभिल्ला ५७ अङ्कका साथ दोस्रो स्थानमा छ ।

तथापि, सेभिल्ला गएराति भएको अर्को खेलमा अङ्क बाँड्न बाध्य भएको थियो ।

रियल साेसिडाडसँग गोलहित बराबरी खेल्दै सेभिल्लाले अङ्क बाँडेको हो ।

घरेलु मैदानमा भएको खेलको निर्धारित समय दुवै टिमले गोल गर्न नसक्दा १-१ अङ्क बाँडे ।

साविक विजेता एथ्लेटिको मड्रिड भने ५४ अङ्कका साथ चाैथाे स्थानमा छ ।

यो पनि :

च्याम्पियन्स लिग : एथ्लेटिकोसँग पराजित युनाइटेड बाहिरियो, चलेन रोनाल्डोको जादू

प्रकाशित समय: सोमबार ७ चैत, २०७८, ०७:४३:०३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०