एल क्लासिकोः रियललाई स्तब्ध पार्ने दाउमा बार्सिलोना

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ चैत, २०७८
४ वर्षअघि
एल क्लासिको

विश्व क्लब फुटबल भिड्न्तमध्ये सबैभन्दा चर्चितमध्येको एक हो एल क्लासिको ।

स्पेनिस फुटबल क्लब बार्सिलोना र रियल मड्रिडबीच हुने एल क्लासिको आज राती रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ ।

यसै सिजन भएको पहिलो भेटमा बार्सिलोनालाई २–१ गोलान्तरले पराजित गरेको रियल ला लिगाको शीर्ष स्थानमा छ ।

२८ खेल खेलिसकेको रियलको ६६ अङ्क छ भने एक खेल कम खेलेको बार्सिलोना ५१ अङ्कका साथ चौथो स्थानमा छ ।

बार्सिलोनालाई पाखा लगाउँदै रियल एल क्लासिकोमा आफ्नो वर्चश्व कायम राख्न चाहन्छ । किनकी पछिल्ला भिडन्तमा बार्सिलोनाले रियलविरुद्ध जित दर्ता गर्न सकेको छैन ।

जारी सिजन दुई पटक आमनेसामने भइसकेका यी दुईको यो तेस्रो भेट हो ।

पहिलो पटक ला लिगाको १०औं चरणमा भिडेका यी दुईमध्ये रियलले २–१ गोलान्तरको जित दर्ता गरेको थियो ।

डेभिड अलाबाले ३२औं र लुकास भासकोइजले अतिरिक्त समय रियलका लागि गोल गरेका थिए ।

बार्सिलोनाका लागि सान्त्वना गोल सर्जियो अगुइरोले अतिरिक्त समयको ९७औं मिनेटमा गोल गरे हारबाट टोलीलाई जोगाउन सकेनन् ।

त्यसपछिको यी दुईको दोस्रो भेट स्पेनिस सुपरकोपाको सेमिफाइनलमा भएको थियो । रोमान्चक बनेको खेलमा पनि रियलले नै बाजी मारेको थियो ।

लगातार तीन पटक अग्रता लिँदै रियलले ३–२ गोलान्तरको जित दर्ता गर्याे ।

साउदी अरेबियास्थित किङ फाहद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा फेड्रिको भाल्भार्डेले अन्तिम समयमा गोल गर्दै रियललाई जिताए ।

खेलको २५औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत रियलले सुरुवाती अग्रता लिएको थियो ।

तर लुक डी योङले ४१औं मिनेटमा बार्सिलोनाका लागि गोल गरेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ७१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई दोस्रो पटक अग्रता दिलाए । तर बार्सिलोनाका लागि आन्सु फातीले ८३औं मिनेटमा गोल फर्काएपछि खेल रोमान्चक बनेको थियो ।

रोमान्चक बनेको खेललाई रियलको पक्षमा पार्ने काम भने लुका मोर्डिचको स्थानमा मैदान प्रवेश गरेका फेड्रिको भाल्भर्डेले गरेका थिए ।

भिनिसियस जुनियरले राइट फ्ल्याङ्कबाट निकालिदिएको पासलाई कन्ट्रोल गर्दै पहिलो बार च्यापेर भाल्भर्डेले गरेको प्रहारले जाली चुमेपछि बार्सिलोना फाइनल पुग्नबाट रोकिएको थियो ।

आज हुने एल क्लासिको बार्सिलोनाका लागि अझ विशेष हुनेछ । किनकी पछिल्ला केही सिजनदेखि लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोना पूर्व खेलाडी जाभी हर्नान्डेज मुख्य प्रशिक्षकका रुपमा भित्रिएसँगै सुधार हुँदैछ ।

कुनैबेला लिग अङ्कतालिकाको शीर्ष दशभित्र भित्र पर्न प्रयासरत बार्सिलोनामा हर्नान्डेजको जादू चलिरहेको छ ।

पछिल्ला पाँच खेलमा अपराजित रहेको बार्सिलोना उस्तै प्रदर्शन गरिरहेको रियललाई स्तब्ध बनाउन चाहन्छ ।

आफ्नो प्रशिक्षणमा खेलिएको एक मात्रै एल क्लासिकोमा पराजय भोगेका जाभी आज सान्टियागोमा विजयी झन्डा गाड्न चाहन्छन् ।

तर रियलका प्रशिक्षक कार्लाे एन्सेलोटीको रणनीतिविरुद्ध खेल्न जाभीलाई त्यति सहज भने हुनेछैन ।

हुन त रियलका मुख्य हतियार फ्रान्सेली स्टार करिम बेन्जेमाको अनुपस्थितीको पूर्ण फाइदा बार्सिलोनाले आज उठाउनु पर्नेछ । तर के बार्सिलाेना आजकाे खेलमा सफल हाेला त ?

याे पनिः बेन्जेमाले एल क्लासिको गुमाउने 

प्रकाशित समय: आईतबार ६ चैत, २०७८, १५:२३:५५
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०