अर्कै पुरुषसँग फोनमा बोलेको भन्दै विवाद, हत्यापछि पैसा लिएर फरार

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ फाल्गुण, २०७८
४ वर्षअघि
अर्कै पुरुषसँग

अर्कै पुरुषसँग फोनमा बोलेको भन्दै विवाद हुँदा हत्या गरेर फरार भएका एक पुरुष पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१८ मा रहेको न्यु–कान्तिपुर होटल एन्ड लजको १०९ नम्बर कोठामा मृत भेटिएकी महिलाको हत्यामा संलग्न पक्राउ परेका हुन् ।

शनिबार साँझ पक्राउ परेका धनकुटाको पाख्रीबास नगरपालिका–६ का २४ वर्षीय जीवन नाम गरेका विनेश रानालाई आइतबार सुनसरी प्रहरीले सार्वजनिक गरेको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङको शव १७ फागुनमा होटलभित्र मृतावस्थामा फेला परेको थियो ।

मङ्गलबार बिहान ७ बजे धरान–१८ बुद्धचौकस्थित सुशील जिमीले सञ्चालन गरेको न्यू–कान्तिपुर होटल एन्ड लजमा उनको शव भेटेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

उनीहरू दुई दिनअघि अर्थात् १५ फागुनमा कोठमा लिई बसेका थिए ।

तर मङ्गलबार बिहान होटलका कर्मचारीले सुमित्रालाई मृतावस्थामा फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले होटल सञ्चालकसँग सोधपुछ गर्दा होटलको इन्ट्री बुकमा उक्त कोठा जीवन मगर धनकुटाको नाममा इन्ट्री देखिएको थियो ।

तर उनी भने फरार भइसकेका थिए ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको अनुसन्धान टोलीले उक्त कोठामा एउटा लेडिज ब्याग फेला पारेको थियो ।

जसमा मृतकको नागरिकतामा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ सरङडाँडाकी सुमित्रा तामाङ नाम रहेको उल्लेख भएपछि प्रहरीले सनाखत गरेको थियो ।

अनुसन्धानका क्रममा रानालाई शनिबार (हिजो) बेलुका धनकुटाको पाख्रीबास–११ बाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीका अनुसार जीवनलाई हिजो साँझ जिल्ला घनकुटा पाख्रीबास–११ स्थित उनकै ससुराली घरबाट पक्राउ गरिएको हो ।

सुमित्राका पति भारतीय सेनाका अवकास प्राप्त कर्मचारी हुन् ।

अहिले उनी वैदेशिक रोजगारीको सिलसिलामा ब्रुनाईमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आइरहेका छन् ।

सुमित्रा भने छोराछोरीको अध्ययनको लागि इटहरी–५ तुलशाटोलामा कोठा भाडामा लिई बस्दै आएकी थिइन् ।

यता, सुमित्राकै डेरानजिक भाडा गरी बस्ने जीवन भने सिटी सफारी चालक हुन् ।

पति वैदेशिक रोजगारीमा रहेको बेला एक वर्ष अगाडिदेखि सुमित्राको जीवनसँग चिनजान भएको थियो ।

त्यसपछि प्रेम सम्बन्धमा रहेका उनीरू पटकपटक भेटघाट गर्थे ।

तर जीवन तीन महिनाअघि भोजपुरमा ज्याला मजदुरी गर्न गएका थिए ।

उनी स्काभेटरमा सहायकको काम गर्न भोजपुर पुगेका थिए ।

भोजपुरबाट महिलासँग नियमित फोन सम्पर्कमा थिए ।

तर जीवन भोजपर गएपछि सुमित्रा भने अरू नै सँग नजिक भएकी थिइन् ।

सुमित्राको आनीबानीमा शङ्का लागेपछि जीवन गत आइतबार भेट्ने सल्लाहअनुरूप धरान आएका थिए ।

बिहानतिर धरान आइपुगेका उनले सुमित्रालाई लिएर सो होटलमा कोठा लिई बसे ।

सोमबार बेलुकातिर दुवै जनाले मादक पदार्थ सेवन गरे ।

रक्सी खानेक्रममा सुमित्राले अन्य पुरुषसँग मोबाइलमा बोलेको भन्ने विषयमा विवाद भएको थियो ।

विवादकै क्रममा जीवनले लात मुक्काले कुटपिट गरे ।

विवाद बढ्दै जाँदा राति ११ बजेतिर दुवै हातले सुमित्राको घाँटी थिचेर हत्या गरे ।

त्यसपछि भने उनले सुमित्रालाई खाटमा सुताएर ओढ्ने ओढाएर सुतेको जस्तो बनाए ।

अनि सुमित्राको ब्यागमा रहेको पाँच हजार नगद र उनको मोबाइल लिएर जीवन होटलको पछाडितर्फ चाबी नलगाएको अवस्थाको चेन गेट खोलेर फरार भएका थिए ।

प्रकाशित समय: आईतबार २२ फाल्गुण, २०७८, २१:०२:४९

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
५ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०