महाशिवरात्रि पर्व : पशुपतिमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ फाल्गुण, २०७८
२ वर्षअघि
महाशिवरात्रि पर्व

आज महाशिवरात्रि पर्व ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदै छ ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्वले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

प्रकाशित समय: मङ्गलबार १७ फाल्गुण, २०७८, ०८:१७:१६

सम्बन्धित खबर

Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८