एक वासना भोगी मनुष्य जति नै रतिहरूसँग रमिए पनि आफूलाई तृप्त महसुस गर्न सकिरहेको थिएन ।
कामका कलामा पनि ऊ निपूर्ण थियो । धुरन्दर कामिनीहरू पनि उसका कलादेखि दङ्ग पर्थे ।
तर उमेर ढल्किँदै गएपनि कामप्रति उसको आकर्षण झन्-झन् ब्यग्र हुँदै थियो।
उसलाई के लाग्यो भने, ‘बरु पशु वासनाले पो तृप्त बनाउँथ्यो कि !’
यस्तो कुरा मनमा खेल्दाखेल्दै उसले “सिंहिनी सहबास” पो गर्नुपर्यो भन्ने सोच बनायो ।
अब सिंह त हिंस्रक जन्तु पर्यो कतै “उसैको आहार पो भइने हो कि !” भन्ने सोचेर एक वलिष्ठबाहु सिंह बन्नका लागि उसले तालिम लिने निधो गर्यो।
उसले पशुमनोविददेखि पशुचिकित्सक र चटकीसम्म पुगेर परामर्श, सल्लाह र तालिम लियो ।
करिब ६ महिना लगाएर सिंहले बोल्ने भाषा, हाउभाउ, डुक्रने तरिका, सिंहिनीलाई फकाउने तरिका आदिको तालिम लियो।
त्यसपछि सिंह भेष धारण गर्ने तालिमका लागि एक फेसन डिजाइनरकोमा पुग्यो ।
एवम् रितले उसले सबै तालिम पूरा गर्यो ।
सिहिंनी त सिंहको वासना परैबाट थाह पाउने गर्छन् ।
त्यसका लागि उसले चिडियाघरमा भएका सिंहको अलिकति मल र मुत्र त्यहाँको पालेलाई भनेर एउटा सानो सिसीमा मगायो ।
सिहंको भेष धारण गरी मलमुत्रसमेत लेपन गरी गर्जिदै जंगलतिर लाग्यो ।
जाँदा-जाँदा घनघोर जंगलमा आठ-१० वटी सिंहिनी भएको एउटा जेरमा पुग्यो ।
त्यस जेरमा पनि सिंह मरेको भर्खर १५ दिन भएको थियो ।
नयाँ सिंह देख्दा पहिले त सिंहिनीहरू डराउँछन् तर पनि एउटा भाले त चाहियो भन्ने लागेर उस्को स्वागत गर्छन् ।
त्यति बेला झमक्कै रात परेको थियो । सिंह संस्कृतिअनुसार दण्डवत गर्न सबै सिंहिनीले चुम्बन् गर्ने चाट्ने गर्छन् ।
तर सिंहलाई त्यसो गर्न अप्ठ्यारो लाग्छ ।
कुनै कुनै सिंहिनीले त यो ख्याल गरे पनि । तर बल्ल आफ्नो जेरमा एउटा भाले भेटेकाले कसैले केही भनेनन् ।
राम्रै सेवा सत्कार गरे । दिनभरि हिँडेर थाकेको सिंह निदायो । सिंहिनीहरूले पनि सुत्न दिए ।
रातभरि सिहिंनीहरूले सहबासको रोल बनाए ।
बिहान सूर्यको प्रकाशमा पालैपालो सिंहसँग सहबास गरी गर्भिणी हुने उनीहरूको योजना बन्यो ।
बिहान भयो सूर्य उदायो ।
सिंहिनीहरू शाैच भएर सहबासको तरखरमा जुटे ।
यता सिंहको श्रृङ्गारको समय अवधि सक्किँदै जाँदैथियो ।
सूर्यको प्रकाशले मैनले बनेका श्रृङ्गारका पहिरन पग्लिदै थिए ।
यत्तिकैमा सिंहको साथैमा रहेको मोबाइलमा घण्टी बज्छ ।
उसले के त्यो मोबाइल भित्री गोजीबाट झिकेर हेलो ! भनेको मात्र थियो सिंहिनीहरूले थाह पाए ।
“ए हे यो त मनुष्य पो रहेछ ! तँलाई ! आफ्नो घरमा स्वास्नी छोडेर हामीलाई झुक्याउन आको !” भन्दै चिथोर्न के आँटेका थिए, हत्तपत्त एउटा सुरिलो रूखमाथि चढेर मनुष्यले आफ्नो ज्यान बचायो ।
-२६ भाद्र २०७५, ललितपुर