लघुकथा : अतृप्त वासना

नानी भारद्वज
शनिवार २१ फाल्गुण, २०७८
५ वर्षअघि
वासना

एक वासना भोगी मनुष्य जति नै रतिहरूसँग रमिए पनि आफूलाई तृप्त महसुस गर्न सकिरहेको थिएन ।

कामका कलामा पनि ऊ निपूर्ण थियो । धुरन्दर कामिनीहरू पनि उसका कलादेखि दङ्ग पर्थे ।

Advertisement

तर उमेर ढल्किँदै गएपनि कामप्रति उसको आकर्षण झन्-झन् ब्यग्र हुँदै थियो।

उसलाई के लाग्यो भने, ‘बरु पशु वासनाले पो तृप्त बनाउँथ्यो कि !’

यस्तो कुरा मनमा खेल्दाखेल्दै उसले “सिंहिनी सहबास” पो गर्नुपर्‍यो भन्ने सोच बनायो ।

अब सिंह त हिंस्रक जन्तु पर्‍यो कतै “उसैको आहार पो भइने हो कि !” भन्ने सोचेर एक वलिष्ठबाहु सिंह बन्नका लागि उसले तालिम लिने निधो गर्‍यो।

उसले पशुमनोविददेखि पशुचिकित्सक र चटकीसम्म पुगेर परामर्श, सल्लाह र तालिम लियो ।

करिब ६ महिना लगाएर सिंहले बोल्ने भाषा, हाउभाउ, डुक्रने तरिका, सिंहिनीलाई फकाउने तरिका आदिको तालिम लियो।

त्यसपछि सिंह भेष धारण गर्ने तालिमका लागि एक फेसन डिजाइनरकोमा पुग्यो ।

एवम् रितले उसले सबै तालिम पूरा गर्‍यो ।

सिहिंनी त सिंहको वासना परैबाट थाह पाउने गर्छन् ।

त्यसका लागि उसले चिडियाघरमा भएका सिंहको अलिकति मल र मुत्र त्यहाँको पालेलाई भनेर एउटा सानो सिसीमा मगायो ।

सिहंको भेष धारण गरी मलमुत्रसमेत लेपन गरी गर्जिदै जंगलतिर लाग्यो ।

जाँदा-जाँदा घनघोर जंगलमा आठ-१० वटी सिंहिनी भएको एउटा जेरमा पुग्यो ।

त्यस जेरमा पनि सिंह मरेको भर्खर १५ दिन भएको थियो ।

नयाँ सिंह देख्दा पहिले त सिंहिनीहरू डराउँछन् तर पनि एउटा भाले त चाहियो भन्ने लागेर उस्को स्वागत गर्छन् ।

त्यति बेला झमक्कै रात परेको थियो । सिंह संस्कृतिअनुसार दण्डवत गर्न सबै सिंहिनीले चुम्बन् गर्ने चाट्ने गर्छन् ।

तर सिंहलाई त्यसो गर्न अप्ठ्यारो लाग्छ ।

कुनै कुनै सिंहिनीले त यो ख्याल गरे पनि । तर बल्ल आफ्नो जेरमा एउटा भाले भेटेकाले कसैले केही भनेनन् ।

राम्रै सेवा सत्कार गरे । दिनभरि हिँडेर थाकेको सिंह निदायो । सिंहिनीहरूले पनि सुत्न दिए ।

रातभरि सिहिंनीहरूले सहबासको रोल बनाए ।

बिहान सूर्यको प्रकाशमा पालैपालो सिंहसँग सहबास गरी गर्भिणी हुने उनीहरूको योजना बन्यो ।

बिहान भयो सूर्य उदायो ।

सिंहिनीहरू शाैच भएर सहबासको तरखरमा जुटे ।

यता सिंहको श्रृङ्गारको समय अवधि सक्किँदै जाँदैथियो ।

सूर्यको प्रकाशले मैनले बनेका श्रृङ्गारका पहिरन पग्लिदै थिए ।

यत्तिकैमा सिंहको साथैमा रहेको मोबाइलमा घण्टी बज्छ ।

उसले के त्यो मोबाइल भित्री गोजीबाट झिकेर हेलो ! भनेको मात्र थियो सिंहिनीहरूले थाह पाए ।

“ए हे यो त मनुष्य पो रहेछ ! तँलाई ! आफ्नो घरमा स्वास्नी छोडेर हामीलाई झुक्याउन आको !” भन्दै चिथोर्न के आँटेका थिए, हत्तपत्त एउटा सुरिलो रूखमाथि चढेर मनुष्यले आफ्नो ज्यान बचायो ।

-२६ भाद्र २०७५, ललितपुर

नानी भारद्वज

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०