हाम्रो पालामा : कविता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ फाल्गुण, २०७८
४ वर्षअघि

घाँस काटी पाठाशाला जान्थ्यौँ
नुन किनेर घर
भुटेको मकै खाजा खान्थ्यौँ
खाली खुट्टाको भर
कचिलो काप्लाककुप्लुक
तातो तातो खायो
घाँटीमा त्यो अड्किन्थ्यो
च्याख्ला पिरो रायो
स्कुल ड्रेसमा मामा घर
दसैँ आउँदा नाना
छैन टिफिन सुको कौडी
बासी भात खाना
कक्षाकोठा पानी बोकी
पोती भुँइ भित्तो
प्यास मेट्ने पानी हुन्न
गाग्री हुन्थे रित्तो
बस्ने बेन्च हुँदैनथे
पिर्का बस्ने तानीतानी
चुटिएका हात्तीछाप
चप्पल डोरी बानिबानि
४५ को ज्यामिती बक्स
स्केल झिकी नापी
४४ पाने क्यापिटल
सेतो सादा कापी
सरस्वती पूजा गर्न
१० रुपैयाँको चन्दा
प्रसादको पोको हेर्थ्याैँ
देवी पूजाभन्दा
कालोपाटी रङ्गाउने
बनमारा झार
भोक शीतयुद्ध हुन्थ्यो
बजाउन चार
मिठाइमा पिप्लामेन्ट
बिस्कुट थिन आरारोट
पुस्टकारी खाँदाखाँदै
पड्काउथ्यौँ ओठ
रहर हुन्थे नयाँ किताब
पुरानाको भारी
हिँड्न पर्थ्यो कोशौ कोश
धुलो डल्लो पारी
नयाँ लुगा लगाउन
कुर्न पर्ने पालो
भोटो सिलाइ लगाएको
फरियाको टालो
बोराभित्र किताब बस्थे
छैन टाँड र्‍याक
कपी हुन्थे सुमन मयुर
सरस्वती याक
सिसाकलम तिखार्ने त्यो
टोपाजको पत्ती
बाहिर-भित्र दियालो थ्यो
सलेदोको बत्ती
भिर्ने कलम बोक्दा हामी
ठुलो मान्छे हुन्थ्यौँ
गुणन गर्न भुँइ कोरी
धर्का तानी कोर्थ्यौँ
दुई रुपैयाँको कापी बोक्थ्यौँ
तीन रुपैयाँको कलम
यीनै सामान जुटाइदिने
बा-आमालाई सलाम !

गोकर्ण खड्का

 

Advertisement
प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०